अतितका कुरा भुलेर वर्तमानको कुरा गरौँः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रय सदस्य गगन थापाले अतितका कुराहरू भुलेर वर्तमानको कुरामा छलफल केन्द्रित गर्न सुझाव दिएका छन ।

नेता थापाले आइतबार बिहान फेसबुकमा स्टाटस लेखेर कांग्रेसका संस्थापक नेताहरूको सपना पूरा गर्ने बेला आएको बताएका हुन ।

‘आजदेखि महासमितिको बन्द सत्र शुरु हुँदैछ’, उनले भनेका छन, ‘अतितको कुरा धेरै गरिसक्यौं अब वर्तमानमा के गर्ने छलफल गरौं, तय गरौं ।’

‘हामी हाम्रा संस्थापक नेताको सपना पूरा गर्ने कुरा गरिराख्छौं’, थापाले भनेका छन, ‘कम्तिमा सपना देख्ने साहास त हामी आफैं गरौं । यसको भारी पनि स्वर्गीय श्रद्धेय नेताहरूलाई कहिलेसम्म ?’

कांग्रेसको महासमिति बैठकले नयाँ निर्णय गरेर अगाडि बढनुपर्ने थापाको भनाइ छ ।

Published : Sunday, 2018 December 16, 10:14 am

1 प्रतिकृया प्राप्त “अतितका कुरा भुलेर वर्तमानको कुरा गरौँः गगन थापा”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया