ओली सरकार हरेक मोर्चामा असफल भयोः शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गम्भीर आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध जति पनि बोल्ने पौडेलले सरकारविरुद्ध नबोल्नुको कारण पनि सोधेका हुन् ।

‘मेराविरुद्ध जति पनि बोल्नेले सरकारका विरुद्ध किन माधव नेपाल जति बोल्दैनन ?’, देउवाले भने । देउवाको अभिव्यक्ति पौडेलविरुद्ध थियो ।

देउवाले पार्टीबाट असहयोग भएको आरोप लगाउँदै आक्रोश पनि पोखे । पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन महासमिति बैठक सफल हुने आशा देउवाले व्यक्त गरेका छन् ।

सरकार हरेक मोर्चामा असफल भइसकेको आरोप लगाउदै देउवाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरेको बताए । केपी ओली नेतृत्वको सरकारले जनतालाई महँगी र भ्रष्टाचार उपहार दिएको देउवाको टिप्पणी थियो ।

बुढीगण्डकी जलविद्युत आयोजना प्रतिष्पर्धाबिना नै विदेशी कम्पनीलाई दिने सरकारी निर्णयको पनि देउवाले विरोध गरेका छन् ।

Published : Saturday, 2018 December 15, 10:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया