गच्छदारको भावनात्मक अभिव्यक्तिपछि देउवा–पौडेलले देखाए कमाल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले भावनात्मक कुरा गरेर महासमिति सदस्यहरूको मन जितेका छन ।

काठमाडौंका रामशहापथस्थित नेश्नल ट्रेड्रिङको कार्यालय परिसरमा रहेको एक पार्टी प्यालेसमा शनिबार आयोजित कांग्रेस महासमिति बैठकको उदघाटन सत्रमा गच्छदारले कांग्रेसभित्रको भावनात्मक आन्तरिक कुराहरू गरेर सबैको मन जितेका हुन ।

गच्दारको आग्रहपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मञ्चमा उभिएर हात मिलाएर महासमिति सदस्यहरूलाई अभिवादन गरेका थिए । त्यसपछि महासमिति सदस्य र उपस्थिति सबैले तालीको गडगडाहटले स्वागत गरेका थिए ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच अहिले पनि भावनात्मक सम्बन्ध रहेको खुलासा गरेका उपसभापति गच्छदारले भने, ‘केन्द्रय कार्यसमितिको बैठकमा मकैको फुला सभापति देउवा र वरिष्ठ नेता पौडेलले बाँडेर खाने गर्नु हुन्थ्यो । उहाँहरूबीचको यो कुरा सानो हो । तर, भावनात्मक सम्बन्ध जोडिएको छ ।’

महासमिति बैठकमा पेस हुने लागेको विधान मस्यौदामा देउवा र पौडेल समूहबीच विवाद भैरहेका गच्दारले दुबैलाई मञ्चमा उभएर कांग्रेसलाई एक बनाएर लैजान तयार छौँ भनेर प्रतिवद्धता गर्न बाध्य बनाएका थिए ।

कार्यक्रममा उपसभापति गच्छदारको कार्यको महासमिति सदस्यहरूले तालीले स्वागत गर्दै प्रशंसा गरेका थिए ।

Published : Saturday, 2018 December 15, 9:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया