प्रदेश ५ मा कांग्रेसी इन्जिनियरहरूको सानदार जित, जिल परे कम्युनिस्टहरू

बुटवल । नेपाल इञ्जिनियर्स एशोसिएशनको प्रदेश ५ मा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले अधिकांश पदमा कब्जा जमाएको छ ।

एशोसिएशनको शुक्रवार भएको मतदानको शनिवार बिहान सम्पन्न मतगणना अनुसार लोकतान्त्रिक समूहका कुशुमराज ज्ञवाली अध्यक्षमा निर्वाचित भएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका छबिन्द्र भट्टराई पराजित भएका छन । ज्ञवालीले भट्टराईलाई ४५ मतअन्तरले पराजित गरेका हुन ।

शुक्रवार एशोसिएशनको देशैभरि एकसाथ मतदान भएको थियो । प्रदेश ५ मा बुटवल, दाङ र नेपालगञ्ज गरी ३ ठाउँमा बुथ राखिएको थियो ।

ज्ञवालीले बुटवलबाट ५० मत बढी ल्याएका थिए । ज्ञवालीले दाङ र नेपालगञ्जबाट ५ मत कम पाएका छन ।

अध्यक्षसहित प्रदेश ५ बाट केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र ४ जना प्रदेश सदस्यमा लोकतान्त्रिक समूहबाट निर्वाचित भएका छन ।

६ जना प्रदेश सदस्य प्रगतिशील समूहबाट निर्वाचित भएका छन । लोकतान्त्रिक समूहबाट केन्द्रीय सदस्यमा पारश खडका निर्वाचित भएका छन ।

लोकतान्त्रिकबाट उपसभापतिमा निवेशकुमार शर्मा, सचिवमा विश्वरञ्जन मिश्र, सहसचिवमा यादव नेपाल र कोषाध्यक्षमा अमित खनाल निर्वाचित भएका छन ।

सदस्यहरूमा महेश्वर लम्साल, दीपकजंग चौधरी, सुरज केसी र सुजता ढकाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रगतिशील समूहबाट सदस्यमा अरुण खनाल, रामु श्रेष्ठ, दीपक कुँवर, प्रभा पाण्डे, किरण काफ्ले र लालबहादुर बुढा निर्वाचित भएका छन ।

Published : Saturday, 2018 December 15, 8:15 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया