नुवाकोटमा मिनी ट्रक दुर्घटना, १८ जनाको मृत्यु

काठमाडौं । नुवाकोट जिल्लामा मिनी ट्रक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

दुप्चेश्वर गाउँपालिकामा मिनी ट्रक दुर्घटना भएको हो । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिएका छन् ।

घटनास्थलमा पुगेको प्रहरीले १७ जना घाइतेलाई उद्दार गरी खरानीटार स्वास्थ्य चौकीमा पठाएका छन् । उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए ।

तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरू दुर्घटनामा परेका हुन् ।

Published : Friday, 2018 December 14, 8:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया