सरकारी पैसा खर्च गरेर यी कम्युनिस्ट मन्त्रीलाई बोक्नै नसक्ने माला

रौतहट । कम्युनिस्ट सरकारका एकजना मन्त्रीले सरकारी पैसामा दुई सय दुई किलोको माला लगाएका छन् ।

रौतहट जिल्लाको कटहरिया बजारमा उर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले शुक्रबार २ सय २ किलोको माला लगाएका हुन् ।

कटहरिया बजारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको बकैया र बागमती मजबुत बाध निर्माण तथा उर्जा सिँचाइ विकासको लागि आयोजित कार्यक्रममा मन्त्री पुनलाई स्वागत गर्न २ सय २ किलोको मालाले स्वागत गरेको जनाइएको छ ।

मन्त्री पुनलाई कटहरिया नगरपालिकाले १०१ किलो र स्वर्णकार समाजले १०१ किलो गरी २०२ किलोको माला लगाइदिएका हुन् ।

रौतहटको मौलापुर नगरपालिकामा नेपाल विद्युत प्राधिकरणको कार्यालय उद्घाटन एवं लालबकैया नदीको स्थलगत निरीक्षण गर्न मन्त्री पुन कटहरिया आइपुगेका हुन् ।

सिचाइँमन्त्री पुनले बागमती र लालबकैयामा आउने बाढीको चपेटाबाट मुक्त गर्न प्रयास गरिरहेको बताएका छन् । विगतको बाढीको क्रममा क्षतीग्रस्त भएका भौतिक संरचनाको यथाशीघ्र पुनर्निर्माण हुने उनले बताए ।

नेकपाका नेता एवम् सांसद प्रभु साहले बिगतका दिनमा मधेसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गरेको बताए । उनले पछिल्ला दिनमा राजनीतिक द्वन्द्वले मानव विकास सूचकांकमा पछाडि परेको गुनासो गरे ।

सांसद साहले रौतहटको खेती योग्य जमिनमा बगमती र लालबकैया नदीका साथै अन्य श्रोतबाट पनि सिचाइँको व्यवस्थापन गर्न मन्त्री पुनसँग आग्रह गरेका छन् ।

Published : Friday, 2018 December 14, 5:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया