कांग्रेसको महासमिति बैठकमा यस्ता छन् विशेषता

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

काठमाडौंको रामशहापथस्थित महासमितिको बैठकस्थलमा बिहीबार पत्रकार सम्मेलन गरेर कांग्रेसले मंसिर २९ गते शुरु हुन लागेको बैठकका बारेमा जानकारी दिएको हो ।

महासमिति बैठकका बेला सेल्फी प्वाइन्ट बनाइनेछ ।

महासमिति बैठकको उद्घाटनस्थलमा सेल्फी प्वाइन्ट निर्माण गरिनेछ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकले कांग्रेसभित्र नयाँ उर्जा पैदा गर्ने बताए ।

महासमिति बैठकको खर्च एक करोडभन्दा कम नै हुने प्रवक्ता शर्माले बताए । आन्तरिक कोषबाटै खर्च गर्ने र कसैसँग चन्दा नमाग्ने प्रवक्ता शर्माले बताए ।

महासमिति बैठकमा ७ वटा दस्तावेज प्रस्तुत हुनेछ । केही दस्तावेजहरू छपाइका लागि प्रेसमा पठाइ सकिएका छन् ।

Published : Thursday, 2018 December 13, 6:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया