कांग्रेसमा सहमति खोज्न महासमिति एकदिन पछाडि सार्ने

काठमाडौं । नेपाली कांग्रेसको मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुन लागेको महासमिति बैठक एक दिन पछि सर्ने भएको छ ।

स्रोतका अनुसार भृकुटी मण्डपस्थित हल २८ गतेका लागि खाली नभएका कारण २८ गते महासमिति सदस्यहरुको दर्ता लगायतको काम गर्ने र २९ गते बैठक उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ ।

यो निर्णयलाई औपचारिक रुपमा पारित गर्न भने बाँकी रहेको छ । कांग्रेसको नयाँ विधानको मस्यौदामा सहमतिका लागि प्रयास पनि जारी रहेको स्रोतले बताएको छ ।

प्रदर्शनी मार्गस्थित भृकुटी मण्डपको हलमा गरिने भनिएको महासमितिको बैठक २९ गतेदेखि ४ गतेसम्म हुने भएको छ ।

Published : Wednesday, 2018 December 12, 2:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया