काठमाडौंमा सजाइए चारतारे झण्डा, दुलही झैँ बन्यो सडकहरू

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको लागि तयारी शुरु भएको छ । देशका सबै जिल्लाबाट आउने महासमिति सदस्यहरूको स्वागतका लागि काठमाडौं उपत्यका दुलही झै सिंगारिएको छ ।

काठमाडौंको रामशहापथस्थित योगम्बर पार्टी प्यालेसमा कांग्रेसको महासमिति बैठक हुनेछ । बैठकका लागि सबै तयारी गरिएको छ ।

महासमिति बैठकमा करीव १ करोड खर्च हुने अनुमान गरिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकका लागि काठमाडौं जिल्लाका सभापति सबुज बानियाँलाई तयारी समितिको संयोजक तोकिएको जानकारी दिए ।

पार्टी मुख्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले महासमिति बैठक तोकिएको समयभित्र हुने जानकारी दिए ।

‘महासमितिको बैठक रामशहापथस्थित योगम्बर पार्टी प्यालेसमा हुनेछ’, उनले भने, ‘धमाधम तयारी भएको छ । देश र विदेशबाट प्रतिनिधिहरू आउने क्रम शुरु भैसकेको छ ।’

महाधिवेशन प्रतिनिधिहरूको स्वागतका लागि काठमाडौंका प्रमुख चोक र सडकहरूमा नेपाली कांग्रेसको झण्डा राखिएको छ । कांग्रेसको चारतारे झण्डाले महासमिति बैठकमा आउने सदस्यहरूको स्वागत गरिनेछ ।

महासमिति बैठकमा नेपाली कांग्रेसको विधान संशोधनको प्रस्ताव पेश हुनेछ । बैठकमा राजनीतिक र आर्थिक प्रतिवेदनहरू पेश हुनेछन् ।

कांग्रेसले आर्थिक प्रतिवेदनलाई सुझावसहित पारित गरिसकेको छ । राजनीतिक प्रतिवेदनमा छलफल जारी छ ।

महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म हुनेछ ।

Published : Wednesday, 2018 December 12, 7:40 am

1 प्रतिकृया प्राप्त “काठमाडौंमा सजाइए चारतारे झण्डा, दुलही झैँ बन्यो सडकहरू”

  • महासमिती बैठक राख्नु पार्टी लाई नयाँ सिरा बाट अघि बढ्न र नयाँ कार्यनिती ल्याउन हो तर यो बैठक लगत्तै नेबि संघ को महाधिवेशन लाई पनि पुर्णता दिननसके नयाँ पुस्ता मा काङ्ग्रेस पुग्न सक्दैन।जय नेपाल

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया