कम्युनिस्टहरुले पुँजी पलायन गरेर देश डुबाउन थालेः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले विदेशको पुँजी नेपालमा आएर विकास होस् भन्ने सबैको चाहना रहे पनि कम्युनिस्ट सरकारको गलत नीति र रवैयाले पुँजी पलायन हुने अवस्था आएको बताएका छन् ।

नेपाल स्टक एक्सचेञ्जको मुख्यालय भद्रकालीस्थित कार्यालयको मूल गेटमा तीन दिनदेखि धर्ना बसेकाहरुको आन्दोलनप्रति मंगलबार ऐक्यवद्धता जनाउँदै कांग्रेस नेता खतिवडाले लगानीको वातावरण तत्काल सिर्जना गर्न आग्रह गरे ।

‘नेपाल स्टक एक्सचेञ्जमा झण्डै १५ लाख लगानीकर्ताले लगानी गरेर शुरुवात गरेको विज्नेशलाई यिनीहरुले (सरकार)ले ध्वस्त बनाउन लागेका छन्’, उनले भने, ‘लगानीकर्ता र मजदुरहरुलाई यो सकारले भोकै मार्ने वातावरण सिर्जना गरेको छ । यसमा हाम्रो आपत्ति छ ।’

नेता खतिवडाले देशबाट पुँजी पलायन भयो त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने बताए । ‘नेपालको अर्थतन्त्र ध्वस्त पार्ने कामप्रति हाम्रो आपत्ति छ’, उनले भने, ‘लगानीको वातावरण बनेन भने न कांग्रेस, न कम्युनिस्ट । नेपालमा बस्ने नेपालीहरुले लगानीको वातावरण बनाउन सन्दैनन् । यस्तो अवस्थाले विदेशीहरुलाई नेपालमा आएर लगानीको वातावरण सिर्जना हुँदैन ।’

सरकारले साना लगानीकर्तालाई निर्मुल पारेर पुँजी पलयान गर्ने अवस्था ल्याएको उनले बताए । ‘अनसन बस्ने कुसैलाई रहर हुँदैन । सबै लगानी डुब्न लागेपछि अनसन बसेको हो’, नेता खतिवडाले भने, ‘मेरै वंशको व्यक्ति अर्थमन्त्री हुनुभएको छ । उहाँलाई लगानीको वातावरण बनाउन मेरो सल्लाह छ र सुझाव छ ।’

‘युवराज खतिवडा गर्भनर हुँदा युवराज हुनुहुन्थ्यो । आफैले नोटमा सही गर्नुभयो । युवराजबाट महाराज हुनुभयो अर्थमन्त्री भएपछि आफैले सही गरेको नोट सबैलाई दिने हुनुभयो’, उनले भने, ‘महाराजा भएपछि न्याय पाएन भने कहाँ जाने ?’

अर्थमन्त्री खतिवडाको गलत नीति र व्यक्तिवादी सोँचका कारण ६० लाख नेपालीहरु बेरोजगार हुने अवस्था आएको उनले बताए ।

‘पुँजी पलायन हुँदै छ । व्यक्तिगत लहडका भरमा देश चलाउने होइन’, कांग्रेसका युवा नेता खतिवडाले चेतावनी दिँदै भने, ‘जायज मागका लागि एकजना पनि काफी हुन्छ । धर्ना बसेर साथीहरुले देशको पुँज पलायन हुनबाट रोक्न लाग्नुभएको छ । मेरो ऐक्यवद्धता छ ।’

Published : Tuesday, 2018 December 11, 2:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया