सीता दाहाललाई फूलको मालाले जिताएपछि सुसारेको खोजी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई पार्टीका कार्यकर्ताले लगाइदिएको मालाले जिताएपछि दुईजना सहयोगीले हिँडाएर लगेको खुलासा भएको छ ।

कास्की जिल्लाको सिक्लेसमा आयोजित कार्यक्रममा भाग लिन सीता मंगलबार पति प्रचण्डसँग पुगेकी थिइन् । माता सीतालार्ई पार्टीका शुभेच्छुकहरूले स्वागतमा अनुहारनै छोपिने गरे फूलको माला लगाइदिएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार सीतालाई लगाइदिएको फूलको मालाले जिताएर हिँड्न सकेकी थिइनन् । त्यसपछि दुईजना महिला सहयोगीहरूले हातमा पकडेर लगेका थिए । बिरामी रहेकी सीता दाहालले नसकी–नसकी पनि फूलको मालाप्रति देखाएको मोहमा धेरैले आश्चर्य व्यक्त गरेका थिए ।

बिरामी रहेकी सीता पति प्रचण्डसँगै विभिन्न कार्यक्रममा जाने गरेकी छिन् । उनलाई सहयोग गर्ने महिला सहयोगीहरू पनि सँगै हिँड्ने गरेका छन् ।

Published : Tuesday, 2018 December 11, 11:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया