निर्मला हत्याकाण्डमा निर्दोष पक्राउ गरेको भन्दै कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन

महेन्द्रनगर । निर्मला पन्तको हत्यामा संलग्न भएको आंशकामा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीका आफन्तले निर्दोषलाई फासाउन खोजेको भन्दै चक्काजाम गरेका छन् ।

साउन १० गते कुखुरा चोरीको आरोपमा पक्राउ परेका रावल र चौधरी निर्दोष रहेको आफन्तको भनाइ छ । आफन्त र छिमेकीले सोमबार पूर्वपश्चिम महेन्द्रराजमागको ट्राफिक चोकमा प्रदर्शन गरेर चक्का जाम गराएका हुन् ।

दिउँसो १ बजेदेखि ट्राफिक चोक बन्द गराएका उनीहरूले साँझ ४ बजेपछि खोलेका थिए । पक्राउ परेका दुवै जना निर्दोष इमान्दार भएको आफन्तको भनाइ छ ।

उनीहरूको रिहाईको माग राख्दै तीनघण्टा राजमार्ग ठप्प पारेका थिए । राजमार्ग बन्दका कारण महेन्द्रनगरदेखि विभिन्न गन्तव्यका लागि छुट्ने सवारी साधन संचालनमा आउन नसक्दा यात्रु मारमा परेका थिए ।

बन्दकर्ताले साईकल, मोटरसाईकल समेत चल्न दिएका थिएनन् । उनीहरूले कुखुरा चोरीको आरोपमा पक्राउ परेका व्यक्तिलाई फसाउन खोजिएको भन्दै कम्युनिस्ट सरकारको विरोध गरे ।

प्रदीपका ठूलबुवा कृष्ण रावलले निर्मला हराएकै दिन आफ्नो भतिजो प्रदीप गाउँलेको कुखुराको पसल चोरीको आरोपमा पक्राउ परेको दावी गरेका छन् ।

प्रदीप काठमाडौंबाट पक्राउ परेपछि कञ्चनपुरबाट विशाल चौधरी र दिनेश चौधरीलाई प्रहरीले झिकाएको थियो ।

घटनामा दिनेशको संलग्नता नदेखिएको भन्दै दिनेशलाई छाडिएको छ । विशाललाई छाडिएका छैन । प्रहरीले विशाल र प्रदीपमाथि अनुसन्धान थालेको जनाएको छ ।

विशालका बुबा वीरबहादुर चौधरीले कुखुरा चोरीको आरोपमा साउन १० गते आफ्नो छोरोलाई प्रहरीले पक्राउ गरेको भन्दै हिरासतमा रहेको व्यक्तिलाई फासाउन खोजिएको बताए ।

साउन ९ गते राति भीमदत्त नगरपालिका–१८ भगतपुरका स्थानीय पुने चौधरी नामले प्रख्यात पुनीराम चौधरीको मासु पसलमा चोरी भएको थियो ।

मासु पसलमा चोरी भएको भन्दै पुनीरामले साउन १० गते स्थानीय सालघारी प्रहरी चौकीमा लिखित निवेदन दिएका थिए । निवेदनका आधारमा बिहान ८ बजेतिर सालघारी प्रहरीले प्रदीप रावललाई पक्राउ गरेको थियो ।

प्रदीपलाई पक्राउ गरेपछि उनले आफूले चोरी गरेको नभई विशाल चौधरी लगायतको समूहले चोरी गरेको बयान दिएका थिए । प्रदीपलाई केही छिनमै छाडिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले कुखुरा चोकरीको आरोपमा दुवै जना साउन १० गते पक्राउ परेको प्रहरीको रेकर्डमा देखिएको बताएका छन् ।

Published : Monday, 2018 December 10, 7:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया