पूर्वराजा शाह पत्नीसहित पोखरा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् । पूर्वराजा शाह पुसको पहिलो हप्ता पोखरा जानेछन् ।

पुसको पहिलो हप्ता पूर्वराजा शाह पोखरा जान लागेको सहयोगी फडी पाठकले जानकारी दिए । ‘निजी भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पोखरा जान लाग्नुभएको छ’, उनले भने, ‘उहाँहरूको यो निजी भ्रमण हो ।’

पूर्वराजा शाह बेलाबेला राजधानीभन्दा बाहिर जाने गरेका छन् । पूर्वराजा शाह पोखरामा दुई हप्ता बस्ने कार्यक्रम छ ।

त्यस क्रममा पूर्वराजा शाहले आफ्ना शुभेच्छुकहरूसँग भेट गर्नुका साथै मुलुकको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने गरेका छन् ।

कम्युनिस्ट सरकारले क्रिश्चियन धर्म प्रचारक संस्थालाई सहयोग गरिरहेका बेला पूर्वराजा शाह पोखरा जान लागेका छन् ।

Published : Monday, 2018 December 10, 5:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया