कम्युनिस्टबाट लाभ पाएकी यी महिलो यसरी गरिन् बदमासी, शक्ति केन्द्र धाउँदै

काठमाडौं । कुनै बेला नेकपा (एमाले)को नेतृ हुँदै सभासद् बनेकी लक्की शेर्पा एनजिओ र आइएनजिओहरूमा सक्रिय थिइन् । त्यहाँ उनको ठूलै हालिमुहाली थियो ।

एमालेको नाम भजाएर एनजिओ र आइएनजिओमार्फत राम्रो कमाइ गरेपछि एनजिओको व्यवसाय परिवर्तन गरेर लक्की राजनीतिमा लागेकी थिइन् । उनलाई राजनीति पनि फलिफाप भयो ।

एमालेले लक्कीलाई समानुपातिक साभासद् पनि बनायो । लक्कीले एमालेलाई सहयोग हुने गरेर पहिलो संविधान सभामा कहिल्यै पनि काम गरिनन् । सधैँ उट्पट्याङ गरेर हैरान बनाइन् ।

डिफएआइडीसहितका संस्था र पश्चिमा राष्ट्रहरूको एजेण्डालाई संविधानसभामा प्रवेश गराउनेदेखि सहमति हुन लागेका कुराहरूमा आदिवासी जनजातिका कुरा निकालेर लक्कीले हैरान बनाइन् । उनको क्रियाकलापबाट एमाले मात्रै नभई नेपाली कांग्रेस र माओवादीहरू पनि आजित बनेका थिए ।

पहिलो संविधानसभाले काम गर्न नसकेपछि डा.बाबुराम भट्टराईले संविधानसभा विघठन गरे । दोस्रो संविधानसभामा लक्कीलाई एमालेले बेवास्ता ग¥यो । त्यसपछि उनले दल बदलिन । लक्की माओवादीमा प्रवेश गरिन् । तर, सभासद बन्न सकिनन् ।

सभासद बन्न नसकेपनि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रभावमा पार्न भने लक्की सफल भइन् । ‘प्रचण्ड’को सिफारिसमा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस परिन् । माओवादीका नेता तथा कार्यकर्ताहरूले भरखरै पार्टी प्रवेश गरेकी लक्कीलाई राजदूतमा सिफारिस गरेको भन्दै विरोध गरेका थिए । ‘प्रचण्ड’ले विरोधको कुनै प्रावह गरेनन् ।

माओवादीका नेता तथा कार्यकर्ताहरूले लक्की शेर्पाले मोटो रकम ‘प्रचण्ड’लाई बुझाएर राजदूत बनेको आरोप पनि लगाउन भ्याए । त्यस बेला यो विषयले संसदीय सुनुवाई समितिमा पनि चर्चा पाएको थियो ।

माओवादीका अध्यक्ष ‘प्रचण्ड’को जोडबलमा राजदूत बनेकी लक्कीले आइतबार परराष्ट्र मन्त्रालयमा हाजिर भएर स्पष्टीकरण बुझाएकी छिन् । मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्कीलाई नेपाल सरकारले काठमाडौं झिकाएर स्पष्टीकरण सोधेको छ ।

आफ्नै सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएका छन् । आरोपपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको थियो ।

लक्कीले दिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएपछि परराष्ट्र मन्त्रालयले काठमाडौं झिकाएको जनाएको छ । आइतबार बिहान नेपाल आइपुगेकी शेर्पाको बारेमा मन्त्रालयद्वारा गठित ३ सदस्यीय समितिले छानबिन थालेको छ । स्पष्टीकरणका क्रममा राजदूत शेर्पाले के भनिन् भन्ने परराष्ट्रले खुलाएको छैन ।

राजदूत लक्की शेर्पामाथि छानबिन भैरहेको छ । आरोप पुष्टि भएमा कानून बमोजिम कारबाही हुनेछ । तर, लक्कीले शक्ति केन्द्र धाउन थालिसकेकी छिन् । लक्कले ‘प्रचण्ड’देखि केपी ओलीसम्मका सुत्रहरूलाई भेटेर कारबाहीबाट जोगिने बाटो पहिल्याउन सक्रिय रहेको स्रोतले जनाएको छ । तर, लक्कीविरुद्ध यति बलिया प्रमाणहरू भेटिएका छन् कि उनी बच्ने सम्भावना निकै कम छ ।

आफ्नै चालक वाङ्छु शेर्पासँग लेनदेनलगायतको विवाद भएपछि राजदूत लक्कीलाई फिर्ता बोलाउन नेपाल सरकारलाई चौतर्फी दबाव बढेको छ । वाङ्छुले राजदूत लक्की र उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् ।

राजदूत लक्कीका श्रीमानले आफूसँग करीव ३३ लाख रुपियाँ लिएर अस्ट्रेलिया लगेको चालक वाङ्छु शेर्पाले आरोप लगाएका छन् । अरु केही मानिसहरूलाई अस्ट्रेलिया ल्याउन पहल गर्नेभन्दै रकम उठाउन परिचालन गरेको आरोप राजदूत लक्कीका सवारी चालक वाङ्छु शेर्पाले लगाएका छन् ।

राजदूत लक्कीमाथि लागेको आरोप यति संगीत छन् कि उनले सफाइ पाएर फेरि अष्ट्रेलिया फिर्ता भएपनि नेपाल र नेपालीहरूको मनमा धब्बा लाग्ने चर्चा सामाजिक सञ्जालमा हुन थालेको छ ।

Published : Monday, 2018 December 10, 11:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया