कम्युनिस्ट सरकारको यी मन्त्रीको विरोध गर्दा २ जना पक्राउ

काठमाडौं । कम्युनिस्ट सरकारकी महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मगरको विरोध गर्दा दुईजना पक्राउ परेका छन् ।

मन्त्री थापा सहभागी आइएनजिओको कार्यक्रम विथाल्न खोजेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धिरज जोशी र प्रवीण सिलवाल रहेका छन् ।

जोशी र सिलवालले भक्तपुरस्थित एसओएस चिल्ड्रेन भिलेजमा आइतबार आयोजित कार्यक्रम स्थलबाट पक्राउ गरिएको थियो । उनीहरूलाई ८ घण्टा महानगरीय प्रहरी वृत्त ठिमीमा राखिएको थियो ।

मन्त्रालयको काम छाडेर युनिसेफ र प्लान इन्टरनेशनल लगायतका आइएनजीओहरूले आयोजना गरेकोे ‘अल्टरनेटिभ कियर’ विषयक कार्यक्रममा सहभागी हुन मन्त्री थापा ठिमी पुगेकी थिइन् । पक्राउ परेका जोशी र सिलवालले एनजिओको कार्यक्रममा मन्त्री थापाको उपस्थितिको विरोध गरेको बताए ।

जोशी र सिलवालले बालबालिकाको क्षेत्रमा हुने डलर खेती बन्द हुनुपर्ने बताएका छन् । सिलवाल र जोशीले भनेका छन्, ‘मन्त्रीज्यू आफैं यस्तो कार्यक्रममा सहभागी हुनु लज्जापद छ ।’

Published : Sunday, 2018 December 9, 7:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया