ओलीकी ‘साली’को नाम अनुमोदन, राजदूत बन्ने पक्का

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीकी ‘साली’ अञ्जान शाक्यको नाम संसदीय सुनुवाई विशेष समितिबाट इजरायलका लागि नेपाली राजदूतमा अनुमोदन भएको छ ।

सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले शाक्यको नाम राजदूतमा सर्वसम्मत अनुमोदन गरेको हो । शाक्यको नाम समितिबाट सर्वसम्मत अनुमोदन भएसँगै राजदूतमा नियुक्तिका लागि बाटो खुलेको छ ।

सरकारले शाक्यलाई राजदूतमा सिफारिस गरेपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

ओली सरकारले अञ्जान शाक्यलाई राजदूतमा सिफारिस गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आलोचना भएको थियो ।

अञ्जान शाक्यले ‘नेकपा’का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई ‘भिनाजु’ भनेर सम्बोधन गर्छिन् । ओली परराष्ट्र मन्त्री भएका बेला पनि शाक्यलाई विशेष जिम्मेवारी दिइएको थियो ।

अञ्जान शाक्य नेकपाका प्रदेश सांसद अजय क्रान्ति शाक्यकी पत्नी हुन् । अजय क्रान्ति शाक्य काठमाडौं क्षेत्र नं. ९ ‘क’बाट प्रदेश ३ को सांसदमा निर्वाचित भएका हुन् ।

यसैबीच, समितिले भारतका लागि निलाम्बर आचार्य, मलेशियाका लागि उदयराज पाण्डे र यूएईका लागि कृष्ण ढकालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उनीहरू सबै राजदूत बन्ने पक्का भएको छ । राजदूतका लागि सम्बन्धित देशको पूर्वस्वीकृति (एग्रिमो) आवश्यक पर्छ ।

Published : Sunday, 2018 December 9, 7:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया