बढ्दै छ ओलीलाई तनाव, झाँक्रीको टिप्पणीले खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार ठूला शीर्ष नेताहरुको पक्षमा माहोल बन्दै गएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीको कार्यशैलीको विरोध गर्दै शनिबार चार ठूला नेताले बैठक बहिस्कार गरेका थिए ।

बैठक बहिस्कार गर्नेमा झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका थिए । यी शीर्ष नेताहरुको कदमप्रति युवा नेतृ रामकृमारी झाँक्रीले साथ दिएकी छिन् ।

नेकपाको केन्द्रीय सदस्य समेत रहेकी युवा नेतृ झाँक्रीले ठूला शीर्ष नेताहरुबाट भएको सचिवालय बैठक बहिस्कार प्रकरणले पार्टीमा विधिसम्मत निर्णय हुने परिपाटीको शुरुवात भएको जनाएकी छन् ।

झाँक्रीले आइतबार फेसबुकमा स्टाटस लेखेर केही समयअघि आफूलगायतका २१ जना केन्द्रीय सदस्यहरुले उठाएको मुद्धा मिलेको दाबी गरेकी छिन् ।

बैठक बहिष्कारपछि बहुमत नेताहरुले स्थायी समितिको बैठक आगामी २९ गते गर्ने निर्णय भएको छ । बहुमतका आधारमा गरेपछि अब अध्यक्षहरुको चाहना विपरितका निर्णयहरु बहुमतले हुनसक्ने बाटो खुलेको नेतृ झाँक्रीले बताएकी छिन् ।

Published : Sunday, 2018 December 9, 6:00 pm

2 प्रतिकृया प्राप्त “बढ्दै छ ओलीलाई तनाव, झाँक्रीको टिप्पणीले खैलाबैला”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया