ओलीलाई ‘फसाउने’ व्यक्तिको पहिचान, बालुवाटार छिर्न नदिन नेताहरूको लबिङ

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली आफ्नै सल्लाहकारहरूका कारण दिन प्रतिदिन विवाद बन्दै आएको खुलासा भएको छ ।

ओलीलाई गलत सल्लाह दिनेमा पहिलो नम्बरमा परराष्ट्र मामिला विज्ञ डा.राजन भट्टराई रहेको स्रोतले जनाएको छ । क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडरेसनको कार्यक्रमका लागि राष्ट्र प्रमुख र सरकार प्रमुखलाई बोलाउन ओलीलाई गलत सल्लाह दिने व्यक्ति डा.भट्टराई रहेको खुलासा भएको छ ।

डा.भट्टराईकै सल्लाहमा प्रधानमन्त्री ओलीलाई जिसकी छोरी मुनमार्फत आशीर्वाद लिएर गोप्य कुरा मिसाइएको होली वाइन खुवाउने तयारी समेत भएको थियो । विरोध भएपछि ओली ब्याक भएका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता भीमबहादुर रावलले पनि प्रधानमन्त्री ओलीलाई आसेपासे सल्लाहकारहरूले गलत सल्लाह दिएर फसाएको आफ्ना अन्तर्वार्ताहरूमा भनि सकेका छन् ।

डा.भट्टराईले प्रधानमन्त्री ओलीलाई नै कन्भिन्स गरेर क्रिश्चियन धर्म प्रचारक एवम् विवादास्पद व्यक्ति एकनाथ ढकालसँग पटक–पटक भेट गराएको स्रोतले जनाएको छ । यो अभियानमा डा.भट्टराईलाई वरिष्ठ नेता माधवकुमार नेपालले पनि ठूलो साथ दिएको थिए ।

समिटका लागि नेपाल सरकारको निम्तोको पत्र बोकेर एकनाथ ढकालसँग ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.भट्टराई आफै पुगेका थिए ।

सगरमाथा टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भनेका भने, ‘डा.राजन भट्टराई र एकनाथ ढकाल नेपाल सरकारको पत्र बोकेर विभिन्न राष्ट्रप्रमुख र सरकार प्रमुखलाई बोलाउन जानु भएको हो ।’ यो कुराले पनि के पुष्टि हुन्छ भने क्रिश्चियन धर्म प्रचारक आइएनजिओको कार्यक्रम सफल बनाउन ओलीका परराष्ट्र मामिला विज्ञ डा.भट्टराई नै सक्रिय थिए ।

माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला विज्ञ भएर काम गरेका डा.भट्टराईले त्यस बेला पनि क्रिश्चियन धर्म प्रचारक एकनाथ ढकाललाई नेपालसँग नजिक ल्याउन भूमिका खेलेको नेकपाका एक नेताले बताए ।

नेता नेपालको गुट छाडेर महाविधेशनका बेला ओली गुटमा प्रवेश गरेका डा.भट्टराईको गलत सल्लाहका कारण सरकार झन् विवादमा पर्दै आएको आरोप छ । डा.भट्टराई आफ्नो व्यक्तिगत स्वार्थका कारण जे पनि गर्छन् भनेर नेकपाभित्र चर्चा हुने गरेको छ ।

आफैले पनि एनजिओ चलाउने गरेका डा.भट्टराईले प्रधानमन्त्री ओलीलाई पनि कुन दिन छाड्ने हुन् टुंगो छैन भनेर नेकपाका नेताहरूले चर्चा गर्ने गरेका छन् ।

नेकपाका केही नेताहरूले डा.भट्टराई जस्ता गलत सल्लाह दिने व्यक्तिलाई बालुवाटार प्रवेशमा रोक लगाउनुपर्ने भनेर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा बहस थालेका छन् ।

डा.भट्टराईका कारण नेकपा र सरकारको बद्नाम भएको भन्दै नेताहरूले सार्वजनिक कार्यक्रममा आलोचना गर्न थालेका छन् । केही नेताहरूले ओलीसँग डा.भट्टराईलाई हटाएर राम्रो व्यक्ति राख्न सुझाव दिएको स्रोतले जनाएको छ ।

Published : Sunday, 2018 December 9, 12:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया