ओली–प्रचण्डका ठूलो नेता कांग्रेसमा भित्रिदै, शेखर–गगनले स्वागत गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ठूला नेताहरू नेपाली कांग्रेसमा प्रवेश गर्दै छन् ।

विराटनगरमा बिहीबार ११ बजे हुने विशेष कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सहितका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने भएका हुन् । कार्यक्रमका लागि कांग्रेसका नेताहरू विराटनगर पुगिसकेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले नेता तथा कार्यकर्तालाई भन्दा पनि व्यक्तिवादी सोँच हाबी बनाएपछि नेकपा छाडेको उनीहरूले बताएका छन् ।

नेकपा छाडेर कांग्रेस प्रवेश गर्न लागेका उनीहरूलाई केन्द्रीय सदस्यद्वय डा.शेखर कोइराला र गगन थापाले प्रवेश गराउनेछन् । मोरङ कांग्रेसका अनुसार विराटचोर इन्द्रपुरमा भव्य कार्यक्रम राखिएको छ ।

Published : Friday, 2018 December 7, 10:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया