कांग्रेसका ‘खम्बा’हरूले दुखाए चित्त

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छुक एवम् राजनीतिक विश्लेषक केशवप्रसाद भट्टराईले कांग्रेसका युवा युवा नेता गगन थापाले दिएको उमेर हदसम्बन्धी अभिव्यक्तिप्रति चित्त दुखाएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर गगन थापाको अभिव्यक्तिको विरोध गरेका छन् ।

‘होनहार भनिएका युवाहरूले स्वीकार गरेको आफ्नो योग्यता भनेको त उनीहरूका पाखुरा र तिघ्रा पो रहेछ त । नत्र यो उमेरकाले छोड हामी पार्टी चलाउँछौँ किन भन्नु पथ्र्यो र ?’, उनले भनेका छन् ।

‘बीसै वर्षको उमेरका पृथ्वीनारायण शाहले मुलुकको एकीकरण अभियान शुरु गरेका थिए’, भट्टराईले भनेका छन्, ‘२८ वर्षका बहादुर शाहले दरवारभित्रका र बाहिरका अनेकौं त्राषद षड्यन्त्रहरूलाई चिर्दै पृथ्वीनारायण शाहले निर्माण गरेको नेपाललाई तेब्बर ठूलो बनाइदिए ।’

‘सिकन्दर २० वर्षकै उमेरमा विश्व विजयको लागि हिँडे र संसारको सबैभन्दा ठूलो भू–भागको सम्राट बने । ३६ वर्षकै उमेरमा वीपी कोइरालाले सात सालको क्रान्तिको नेतृत्व गरे’, भट्टराईले आफ्नो स्टाटसमा लेखको छन् ।

उनले भनेका छन्, ‘३५ वर्षको उमेरमा किसुनजी नेपालको पहिलो सभामुख बनेका थिए । २७ वर्षको उमेरमा उनले सात सालको क्रान्तिमा पूर्वाञ्चल क्षेत्रमा मुक्ति सेनाको कमाण्ड सम्हालेका थिए ।’

‘सत्तरी वर्षमाथिका उमेरका रोनाल्ड रेगन अमेरिकाका सबैभन्दा सफल र सम्मानित राष्ट्रपति बनेका थिए’, उनले भनेका छन्, ‘सत्तरी काटेकै र राजनीतिमा नितान्त नयाँ डोनाल्ड ट्रम्प, हिलारी क्लिन्टन जस्ती घाग राजनेतालाई पराजित गरेर अमेरिकामा राष्ट्रपति छन् ।’

९२ वर्षका माहाथिर मोहम्मद हालै मलेसियामा प्रधानमन्त्री निर्वाचित भएको उदाहरण पनि भट्टराईले दिएका छन् ।

‘राजनीतिमा गाउँ विकास अब गाउँपालिकाका सचिव वा अन्य कर्मचारीले दिएको उमेरको प्रमाणपत्र जाँचेर, तिघ्रा हेरेर मात्र होइन, जनता र पार्टीको लागि कसैले गरेको त्याग, बलिदान, आम कार्यकर्ता र जनताको विश्वासको गणना हुन्छ’, उनले भनेका छन् ।

कांग्रेसका युवा नेता गगन थापाले पदाधिकारीहरूमा ७० वर्षको उमेर हद लागू गर्ने गरेर विधान संशोधन गर्न प्रस्ताव गरेपछि यस्तो धारणा आएको हो ।

Published : Wednesday, 2018 December 5, 10:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया