गगनको प्रस्तावले ७० वर्ष पुग्दै गरेका र पुगेका नेताहरू चकित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले पार्टीभित्र ७० वर्षे उमेर हद लागू गर्न माग गरेका छन् ।

ललितपुरको सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिमा बैठकमा थापाले कांग्रेसको कार्यकारी पदहरूमा ७० वर्षे उमेर हद लागू गर्न माग गरेका हुन् ।

कांग्रेसमा कुनै उमेर हद छैन । विधान संशोधन मस्यौदा समितिले पनि कुनै उमेर हद तोक्ने प्रस्ताव गरेको छैन ।

कांग्रेसले हालै मात्र भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ उमेर हद लागू गरेको छ ।

थापाले धेरैभन्दा धेरैलाई पार्टीको सदस्यता दिने र उनीहरूको प्रत्यक्ष मतका आधारमा सभापति चुन्नु पर्ने पनि बताएका छन् । सभापतिलाई पदाधिकारी मनोनीत लगायतका अधिकार दिन सकिने थापाले बताए ।

कांग्रेसमा सक्रिय सदस्यहरुबाट चुनिने केही हजार महाधिवेशन प्रतिनिधिले सभापति चुन्छन् ।

केन्द्रीय कार्यसमितिको आकार ठूलो बनाउन र अनुशासन समितिलाई महाधिवेशनबाट चुन्न थापाले माग गरेका छन् । अनुशासन समितिलाई विधान उल्लंघन गर्ने जो सुकैलाई कारबाही गर्ने अधिकार दिनुपर्ने उनको प्रस्ताव छ ।

समितिका सदस्यहरूले पार्टीका अन्य पदका साथै आम चुनाव लड्न पनि नपाउने उनको प्रस्ताव छ ।

Published : Wednesday, 2018 December 5, 10:04 am

2 प्रतिकृया प्राप्त “गगनको प्रस्तावले ७० वर्ष पुग्दै गरेका र पुगेका नेताहरू चकित”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया