गगनलाई देखेपछि झस्किए विद्यासुन्दर, आफ्नै कार्यालयमा पाए निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले कमलपोखरी पुनर्निर्माणमा भएको ढिलाइका बारेमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग जानकारी लिएका छन् ।

मंगलबार कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यसहित महानगरपालिकाको कार्यालय सुन्धारा पुगेका थापाले कमलपोखरी पुनर्निर्माणमा भएको ढिलासुस्तीका बारेमा मेयर शाक्यसँग जानकारी मागेका हुन् ।

मेयर शाक्यले कमलपोखरीको ढाँचा र नक्साबारे सांसद थापालाई सम्पूर्ण जानकारी दिएका थिए । मेयर शाक्यको कुराबाट सांसद थापा पूर्णरुपमा सन्तुष्ट हुन नसकेपछि कमलपोखरीको नक्सा र ढाँचामा चित्त बुझाएका थिए ।

तत्कालीन एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका शाक्यले काम गर्न नसकेको भनेर आलोचना भैरहेका बेला कांग्रेसका युवा नेता एवम् सांसद थापाले कार्यालयमै पुगेर पुनर्निर्माणका विषयमा जानकारी लिएका हुन् ।

सांसद थापाले मेयर शाक्यलाई फोन गरेर भेट्न कार्यालयमै आउन लागेको जानकारी गराएपछि शाक्य झस्किएका थिए ।

कमलपोखरी सांसद थापाले जितेको काठमाडौं क्षेत्र नं. ४ मा पर्छ । कमलपोखरी पुनर्निर्माणमा मेयर शाक्यले आलटाल गरेर ढिलाइ गरेको गुनासो बढेको थियो ।

कांग्रेसका सांसद थापाले मेयर शाक्यले कमलपोखरी पुनर्निर्माण छिटोभन्दा छिटो अगाडि बढाउन निर्देशन दिएका छन् ।

थापाको निर्देशनपछि प्रक्रिया पुर्‍याएर छिट्टै कमलपोखरीको पुनर्निर्माण गर्ने आश्वासन मेयर शाक्यले दिएको कांग्रेसले जनाएको छ । कांग्रेसका सांसद थापाले महानगरपालिकाद्वारा तयार भएको कमलपोखरीको नक्सा र ढाँचा राम्रो भएको भनेर टिप्पणी गरेका थिए ।

Published : Tuesday, 2018 December 4, 6:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया