नेविसंघको कमाल देखेपछि छक्कै पर्‍यो प्रहरी

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले निर्मला पन्तलाई न्याय माग्दै प्रहरीको गाडीमा पोस्टर टाँसेको छ ।

काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पस नेविसंघ इकाईले मंगलबार बिहान निर्मलाको तस्वीर भएको ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर गाडीमा टाँसेको हो ।

नेविसंघ आरआर इकाइले क्याम्पसको मूलगेट अगाडि, प्रदर्शनीमार्ग, पुतलीसडक, भृकुटीमण्डपमा निर्मलालाई न्याय माग्दै पोस्टर टाँसेका थिए ।

प्रहरीको भ्यानमा पोस्टर टाँसेपछि प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो । भ्यानमा टाँसेको पोस्टर प्रहरीहरूले नै च्यातेका थिए ।

Published : Tuesday, 2018 December 4, 5:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया