जिससकी छोरीले दिएको वाइन खाएर पवित्र भए माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विवादास्पद क्रिश्चियन प्रचारक संस्थाका लागि नेपालमा कार्यक्रम आयोजना गरिदिएको खुलासा भएको छ ।

नेता नेपालकै कारण केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार बद्नाम भएको छ । एसिया प्यासिफिक समिट आयोजना गरेपछि सरकारलाई बदनाम भएका छ ।

क्रिश्चियनको कार्यक्रम गराउन पृष्ठभूमिमा मुख्य अभिभावक नेता नेपाल थिए । नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो ।

कम्युनिस्ट नेता नेपालकै पहलमा क्रिश्चियनको सम्मेलन काठमाडौंमा गर्ने निर्णय ६ महिनाअघि भएको स्वकार गरेका छन् । युनिभर्सल पिस फेडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकाललाई नेता नेपालले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई भेटाएका थिए ।

सरकारलाई सहभागी गराएर धार्मिक कार्यक्रम गर्ने प्रयास ६ वर्ष अघिदेखि नै भएको थियो । तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गम्भीर विरोध गरेपछि प्रस्ताव पास भएन ।

विरोधलाई वास्ता नगरी कार्यक्रममा सहभागी भएर नेकपाका नेता नेपालले होलीवाइन चाखेर कथित जिससकी छोरी हाक जा हान मुनबाट आशीर्वाद लिएका छन् ।

मुनले आफ्नो भाषणमा भनेकी थिइन्, ‘म जिससकी छोरी हुँ । ममार्फत आशीर्वाद लिएन भने कुनै पनि क्रिस्चियन र कुनै पनि मानव ईश्वरको भक्त हुन सक्दैन । मेरो आशीर्वाद लिनेले ठाउँठाउँमा गएर यो धर्मको प्रचार गर्नुहुनेछ । किनकि, आशीर्वाद एकअर्कालाई बाँड्नुपर्छ ।’

माधव नेपाल र सरकारमार्फत फेडेरेसनले स्थानीय तहका जनप्रतिनिधिलाई पनि निमन्त्रणा गरेको थियो । त्यसैले उद्देश्यबारे स्पष्ट जानकारीविना जनप्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए ।

Published : Tuesday, 2018 December 4, 11:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया