ओली हिँड्ने बाटो नजिकै नेविसंघद्वारा प्रदर्शन, निर्मलालाई न्याय माग

काठमाडौं । नेपाल विद्यार्थी संघले महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

निर्मलाका लागि न्याय माग्दै नेपाल विद्यार्थी संघको आरआर इकाईले मंगलबार बिहान प्रदर्शन गरेको हो ।

काठमडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघका नेता तथा कार्यकर्ताले निर्मलालाई न्याय माग्दै पोस्टर प्रदर्शन गरेका हुन् । उनीहरूले निर्मलालाई न्याय माग गरेर आसपासका क्षेत्रमा पोस्टर समेत टाँसेका छन् ।

निर्मला पन्तका हत्याराहरूलाई सरकारले नै संरक्षण गरेको नेविसंघका कार्यकर्ताको आरोप छ । उनीहरूले तत्काल दोषीलाई पक्राउ गरेर सार्वजनिक गर्न माग गरेका छन् ।

निर्मलालाई न्याय माग गरेर टाँसिएका पोस्टर प्रहरीले च्यातेपछि आक्रोशित बनेका सर्वसाधारणले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

नेविसंघका नेता तथा कार्यकर्ताले कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको कानसम्म निर्मला पन्तका लागि न्यायको माग सुनियोस भनेर आरआर अगाडि प्रदर्शन गरेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले सिंहदरबार जान प्रदर्शनीमार्ग नजिकै पुतलीसडकको बाटो प्रयोग गर्छन् ।

Published : Tuesday, 2018 December 4, 10:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया