देशभरि ओली ओचित भैरहेका बेला कांग्रेसका यी नेताले गरे पूण्यको काम

काठमाडौं । नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्लेले बूढीगण्डकी जलविद्युत आयोजनाले दिएको पुख्यौली जग्गाको मुआब्जा रकम आफ्नै गाउँमा दिएका छन् ।

नेता वाग्लेले मुआब्जामा आएको रकम मन्दिरलाई हस्तान्तरण गरेका हुन् । गोरखा जिल्लाको अश्राङमा रहेको कित्ता नम्बर १४२४ को छ रोपनी जग्गाबाट प्राप्त भएको मुआब्जा वाग्लेले गोरखाकै सहिदलखन गाउँपालिका ८ बुंकोट कोटकाली भूमे मन्दिर सञ्चालक समितिलाई उपलब्ध गराएका हुन् ।

सहिदलखन गाउँपालिका ८ का अध्यक्ष काशीनाथ अम्गाइँले पूर्वमन्त्री वाग्लेद्वारा २२ लाख १८ हजार चार सय ४० रुपियाँ चेक मन्दिर सञ्चालक समितिका अध्यक्ष गुप्तबहादुर केसीलाई सोमबार हस्तान्तरण गरेको जानकारी दिए ।

छ रोपनी खेतको मुआब्जा ३८ लाख ७६ हजार रुपियाँ आउनुपर्ने थियो । बूढीगण्डकी जलविद्युत आयोजनाले ३० प्रतिशत रकम कट्टा गरेर दिएको छ । आयोजनाले कट्टा गर्दा १६ लाख ५८ हजार रुपियाँ आएको छैन ।

मन्दिरको नाममा अक्षयकोष खोलेर राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखामा रहेको खातामा जम्मा गरिनेछ । अक्षयकोषमा वाग्लेकी छोरी साधनाले ४० हजार रुपियाँ दिएकी छन् । वडाध्यक्ष अम्गाइँले पनि नौ हजार रुपियाँ दिएका छन् ।

मन्दिरको अक्षयकोषका लागि वाग्ले परिवार र स्थानीय बासिन्दाबाट २५ लाख ८३ हजार सात सय ५१ रुपियाँ पनि संकलन भएको छ । संकलन भएको सबै रकम अक्षयकोषमा राख्ने जनाइएको छ ।

पूर्वमन्त्री वाग्लेले आफूले पुख्यौली सम्पत्तिबाट आएको रकम गाउँको शिक्षा र संस्कृति संरक्षणका क्षेत्रमा सहयोग गरेको बताएका छन् ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले क्रिश्चियन धर्म प्रचारक आइएनजिओलाई काठमाडौंमा साथ दिइरहेका बेला कांग्रेसका नेता वाग्लेले पूण्यको काम गरेका छन् ।

Published : Monday, 2018 December 3, 10:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया