‘जिससकी एक्ली छोरी’द्वारा ओलीलाई एक लाख डलरको पुरस्कार प्रदान

काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई एकलाख डलरको पुरस्कार प्रदान गरेको छ ।

काठमाडौंका होटेल ह्यातमा आइतबार आयोजित कार्यक्रममा ‘जिससकी एक्ली छोरी’ले युपीएफकी प्रमुख हक जा हन मुनले ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेकी हुन् ।

मुनले शनिबार आयोजित कार्यक्रममा आफूलाई पटक पटक जिससकी एक्ली छोरी घोषणा गरेकी थिइन् । कोरियन भाषामा मन्तव्य दिएकी मुनले आफूलाई पटक पटक जिससकी एक्ली छोरी दाबी गरेकी थिइन् ।

एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री ओलीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको विज्ञप्तिमा जनाइएको छ । पुरस्कारको राशी एक लाख डलर अर्थात एक करोड १५ लाख बराबर हुन आउँछ ।

क्रिश्चियन धर्मप्रचारक संस्थाले दिएको यो पुरस्कारलाई ओलीले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्ने बताए ।

Published : Sunday, 2018 December 2, 7:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया