कांग्रेसले सरकारको अलोकप्रियता बचाइदियो, केन्द्रीय समितिले लियो स्वामित्व

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको क्रम अघि बढ्नु सुखद् भएपनि प्रचार शैली अनावश्यक र भड्किलो भएको जनाएको छ ।

सानेपास्थित पार्टी मुख्यालयमा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नयाँ युगको संज्ञा दिनु कम्युनिस्ट सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै भएको निर्णय गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ युग शुरु भनेर कांग्रेसका पालामा संसदबाट पारित ऐन बोकेर भड्किलो तामझाम गरेको बताए ।

‘नेपाली कांग्रेसको त्यही सरकारले स्पाइनल इन्जुरी भएर ह्वील चेयरमा बसेका, किड्नी, क्यान्सर र मुटु रोगका असक्त विरामीलाई मासिक ५ हजार जीविकोपार्जन भत्ता दिने निर्णय भने सरकारले खारेज गर्‍यो’, शर्माले भनेका छन् ।

खास धार्मिक आस्थामा अधारित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा भएको सम्मेलनमा सरकार समेत आयोजकको भूमिकामा संलग्न हुनु दुखद् रहेको उनले बताए ।

राज्यको व्यापक बजेट र साधानको प्रयोग हुनु संविधानको मर्म र भावना समेतको विपरीत रहेको ठहर गरेको शर्माले बताए ।

‘कांग्रेस केन्द्रीय समिति सरकारको यस्तो संलग्नता र राज्यको साधान र स्रोतको दुरुपयोगको घोर भत्र्सना गर्दछ’, प्रवक्ता शर्माले भनेका छन् ।

Published : Sunday, 2018 December 2, 6:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया