निर्मलालाई न्याय माग्दै ठाउँ–ठाउँमा प्रदर्शन, आन्दोलनमय बन्यो देश

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाही माग गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशभरि प्रदर्शन गरेको छ ।

काठमाडौं, कञ्चनपुर, बर्दिया, मकवानपुर, दाङ, झापा, इलाम, सल्यान, पोखरा, रुपन्देही, म्याग्दी, सुर्खेत, विराटनगर, बारा, पाल्पासहितका अधिकांश जिल्लाहरूमा नेकपाका कार्यकर्ताहरूले दोषीलाई पक्राउ गरेर हदैसम्म कारबाहीको माग गरेका हुन् । दाङसहितका केही स्थानमा प्रहरीले नेकपाका कार्यकर्तालाई पक्राउ पनि गरेको छ ।

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध नेकपाका नेता तथा कार्यकर्ताले नारावाजी समेत गरेका छन् । उनीहरूले दोषी बचाएको भन्दै गृहमन्त्री रामबहादुर थापाविरुद्धपनि नारावाजी भएको छ ।

चार महिना भैसक्दा पनि निर्मला पन्तका दोषी पक्राउ पर्न सकेका छैनन् । निर्मलालाई न्याय माग गर्दै देशभरि दिनदिनै प्रदर्शन भएका छन् ।

निर्मलाका लागि न्याय माग गरेर टाँसिएका पोस्टहरू पनि प्रहरीले च्यात्ने गरेको छ । निर्मलाका दोषी पक्राउ गरेर कारबाही गर्नुपर्ने भन्दै दिनदिनै प्रदर्शन भैरहेका छन् । आन्दोलनबाट कम्युनिस्ट सरकारलाई तनाव भएको छ ।

Published : Sunday, 2018 December 2, 4:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया