जिससकी एक मात्र छोरी मुन माधव नेपालकी आमा, उदाङ्गियो चरित्र

काठमाडौं । नेपाली कांग्रेसले क्रिश्चियन धर्म प्रचारक संस्थाले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रमलाई बहिष्कार गरेको छ ।

‘जिससकी एक मात्र छोरी’ घोषणा कार्यक्रमलाई कांग्रेसले अस्वीकार गरेर सहभागी नभएको हो । सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको कांग्रेसको आरोप छ ।

कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले धर्म प्रचार गर्ने एउटा संस्थामा सरकार सहआयोजक हुनु नै दुःखद् रहेको बताए । उनले यसमा राज्यका सबै संयन्त्रको दुरुपयोग भएको दाबी गरेका छन् ।

उद्घाटन समारोहका सबै वक्ताले इसाई धर्म र युनिफिकेसन चर्च प्रमुख हकको प्रशंसा गरेका थिए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख कृष्णबहादुर महरा, उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापादेखि दर्जनौं सचिव, मेयरलगायत उच्च पदस्थ नेपाली, म्यानमारकी नेतृ आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेनलगायत ७ देशका राष्ट्ररसरकार प्रमुखरउपप्रमुख र ५० देशका १५ सय सहभागी आफूलाई ईश्वरको एकमात्र अवतार दाबी गर्ने ‘म्याडम मुन’ को अघिल्तिर उठेका थिए ।

श्रीमती हानले भनिन्, ‘परमेश्वरमाथि विश्वास गर, मैले भनेको मान । कसैले दुस्ख पाउने छैन । अब म यो भूमिलगायत एसिया प्रशान्त क्षेत्रलाई नै शान्ति क्षेत्र र यहाँका मानिसलाई ईश्वरका प्यारा सन्तान भएको घोषणा गर्छु ।’

सन् १९९३ पछि विश्वमा विभिन्न खालका हिंसा बढेको र त्यसको एकमात्र कारण बाइबलको आज्ञा उल्लंघन भएको दाबी गर्दै उनले मानिसहरूमा ईश्वरप्रति विश्वास घट्दै गएकाले त्यसलाई रोक्न आफू पृथ्वीमा आएको दाबी गरिन् ।

प्रधानमन्त्री केपी ओलीले बुद्ध जन्मेको देश नेपाल संसारको पुराना सभ्यतामध्येको एक भएको र यस्तो खालको कार्यक्रम नेपालमा आयोजना हुँदा खुसी लागेको बताए ।

चर्च र हानको प्रशंसा गर्ने तथा उनैले आफूलाई ईश्वरको अवतार दाबी गर्ने क्रम सुरु भएको थियो । हुन सेन, सुकीलगायतले पनि सम्बोधन गर्दै सम्मेलन भव्य रूपमा आयोजना भएकामा खुसी लागेको बताएका थिए ।

‘म्याडम मुन हामी सबकी एकमात्र आमा हुनुहुन्छ’, पूर्वप्रधानमन्त्री तथा कार्यक्रमको आमन्त्रण समितिका अध्यक्ष माधवकुमार नेपालले भने ।

Published : Sunday, 2018 December 2, 12:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया