कांग्रेसबाट विजयी मेयरहरूले दिए प्रशंसनीय जवाफ

काठमाडौं । क्रिश्चियन धर्म प्रचार गर्ने संस्था युनिभर्सल पिस फेडेरेसनकी अध्यक्ष हाक जा हान मुनबाट आशीर्वाद लिन जनप्रतिनिधिहरूलाई ठूलो दवाव दिइएको छ ।

युनिभर्सल पिस फेडेरेसन नेपाल शाखाका प्रमुख एकनाथ ढकालमार्फत देशभरिका स्थानीय तहका प्रमुखलाई आशीर्वादका लागि निम्तो पठाइएको हो । निम्तो पाएपछि क्रिश्चियन धर्मसम्बन्धित विवादित कार्यक्रममा स्थानीय तहका प्रमुखहरू आउन अस्वीकार गरिदिएका छन् । निम्तो अस्वीकार गरिदिनेमा अधिकांश कांग्रेसका मेयर छन् । निम्तो अस्वीकार गर्नेमा केही नेकपाका मेयर पनि छन् ।

अध्यक्ष हाक जा हान मुनबाट आशीर्वाद थाप्न देशैभरिका स्थानीय तहका प्रमुखलाई दम्पत्तिसहित आउन भनिएको छ । प्रमुख आयोजक एकनाथ ढकालले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई पत्नीसहित आएर क्रिश्चियन धर्मको आशीर्वाद लिन भनेका थिए । मेयर ढकालले आफू आउन नसक्ने जवाफ दिएपछि एकनाथ ढकाल जिल परेका छन् ।

एकनाथ ढकालले आफ्ना सहयोगीहरूमार्फत विराटनगरका मेयर पराजुलीलाई ७–८ पटक फोन गरेको जनाइएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनलाई पनि दम्पत्तिसहित आशीर्वाद थाप्न आउन उही व्यहोराको निम्तो आएको थियो । उनले पनि निम्तो अस्वीकार गरिदिएका छन् ।

गोरखाका नगरपालिकाका प्रमुख राजनराज पन्तले पनि दम्पत्तिसहित आउन निम्तो पठाएको बताएका छन् । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले आफूलाई जनताको आशीर्वाद भए पुग्ने भएकाले धार्मिक संस्थाको आशीर्वाद लिन नजाने बताएका छन् ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले दिउँसो साढे १ बजेदेखि कार्यक्रम सुरू हुने र रात्रीभोजमा सकिने व्यहोराको निम्तो आएको बताएका छन् । उनले पनि कार्यक्रम अस्वीकार गरिदिएका छन् ।

बुटवल उपमहानगरका प्रमुख शिव सुवेदीले पनि आशीर्वाद थाप्न नजाने बताएका छन् ।

इसाइ धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको नेपाल शाखाले आयोजना गरेको कार्यक्रममा आइतबार दिउँसो साढे १ बजेदेखि विवाह गर्न लागेका र विवाहित दम्पत्तिलाई अध्यक्ष हाक जा हान मुनले आशीर्वाद दिने कार्यक्रम छ । यसमा प्रधानमन्त्री, मन्त्रीहरू र सांसदहरूलाई पनि निम्तो छ ।

Published : Sunday, 2018 December 2, 11:40 am

1 प्रतिकृया प्राप्त “कांग्रेसबाट विजयी मेयरहरूले दिए प्रशंसनीय जवाफ”

  • यसतो कार्यक्रम मां देश भक्त धर्म प्रेमी नेपाली कततै जानेछोईनन विदेशी का दलाल मात्र जानेछन

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया