ओलीको हवाई जहाजमा टेम्पुको इञ्जिन छ, कांग्रेस डराउँदैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले राजासँग नआत्तिएको कांग्रेसलाई केपी ओलीसँग डराउनुपर्ने आवश्यक्ता नरहेको टिप्पणी गरेका छन् ।

कांग्रेसले राखेको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भनेका छन्, ‘राजासँग नआत्तिएको कांग्रेस तपाई (केपी ओली)सँग आत्तिन्न । माओवादीको बन्दुकसँग नआत्तिएको कांग्रेस तपाईसँग आत्तिन्न ।’

केपी ओलीको तर्फ संकेत गर्दै थापाले भने, ‘तपाईसँग अर्को चुनावमा हिसाव किताव हुन्छ । तपाईको जेट राम्रोसँग अगाडि बढोस् । तपाईलाई शुभकामना छ ।’

‘तपाई (केपी ओली)ले भन्नुभएको ठीक हो । त्यो टेम्पु होइन । माओवादी र एमाले दुई वटा पार्टी मिलिसके पछाडि अध्यक्ष किन दुईटा चाहियो भन्ने प्रश्नको जवाफमा केपी ओलीले कमरेडले भन्नुभयो । यो टेम्पु होइन । हवाई जहाज हो जेट हो । जेटमा दुईजना पाइलट हुन्छन् ।’

‘ठीक भन्नुभयो कमरेडले । यो जेट हो दुईटा पाइलट छ’, थापाले भने, ‘तर एउटा कुरा नर्बिसनुस् । त्यो जेटको इञ्जिन टेम्पोको हो । टेम्पोको इञ्जिनले जेट चल्दैन ।’

केपी ओली अहँकारबाट हिँडेको कांग्रेस नेता थापाको आरोप थियो । ‘अंकको अहँकारले भरिएर अगाडि बढेको यात्रा धेरै परसम्म जान सक्दैन’, उनले भने, ‘हामी कोहीसँग डराउनु पर्ने आवश्यक्ता छैन । केवल सचेत रहनुपर्नेछ । सर्तक रहनुपर्नेछ । संगठित भएर बस्नुपर्नेछ ।’

कम्युनिस्ट प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीले पार्टी एकीकरण भएपछि आफ्नो पार्टीलाई जेट विमानको संज्ञा दिँदै जेट चालउन दुई वटा अध्यक्ष राख्नु परेको तर्क दिएका थिए । त्यो तर्कको जवाफ कांग्रेस नेता थापाले आफ्नै तरिकाले दिएका हुन् ।

Published : Saturday, 2018 December 1, 9:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया