कम्युनिस्ट सरकार यी मन्त्रीले झुठ बोलेर छक्कै बनाए

काठमाडौं । संसदको राज्य व्यवस्था समितिलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले झुठ बोलेर कार्यकर्ता भेटेको रहस्य बाहिर आएको छ ।

बुधबार सिंहदरबारस्थित समितिको कार्यालयमा कम्युनिस्ट सरकारका मन्त्री पण्डितलाई कर्मचारी समायोजनसम्बन्धि अध्यादेशबारेमा छलफल गर्न बोलाइएको थियो ।

समितिको बैठक दुई बजे बस्ने कार्यक्रम थियो । आउँछु भनेर समय दिएका मन्त्री पण्डितले अन्तिम समयमा बिरामी छु भनेर ढाँटेको स्रोतले जनाएको छ ।

समितिमा आलोचना हुने डरले नआएका मन्त्री पण्डितले समितिमा बोलाइएको समयमा मन्त्रालयमै पार्टीका कार्यकर्ता र अन्य व्यक्तिहरूसँग छलफल गरेर व्यस्त भएको जनाइएको छ । मन्त्री पण्डितका स्वकीय सचिव मनोज राईले मन्त्रालयमै व्यस्त भएपछि संसदीय समितिको बैठकमा नगएको बताए ।

बैठकमा सहभागी मन्त्रालयका सचिव दिनेश थपलियाले मन्त्री पण्डित बिरामी परेको सूचना गराएका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णगोपाल श्रेष्ठले बिरामी भएर आउन नसकेको त भन्नुभयो भरे फेरि टिभीमा भाषण गरेको समाचार आउला नि भनेर व्यङ्ग्य गरेका थिए ।

नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले मन्त्री पण्डितको कार्यशैलीको आलोचना गरेका थिए ।

Published : Wednesday, 2018 November 28, 5:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया