विधान आफू अनुकूल बनाउन कांग्रेसका यी शीर्ष नेताहरूबीच ध्रुवीकरण

काठमाडौं । प्रस्तावित विधानको प्रावधानलाई लिएर नेपाली कांग्रेसभित्र गुटउपगुटहरू सक्रिय भएका छन् ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह १४औं महाधिवेशनलाई लक्षित गरी गुटमा रमाएकाहुन् । उनीहरूले आफ्नो अनुकूलको विधान बनाउने रणनीतिका साथ ध्रुवीकरण शुरु भएको नेताहरूले बताएका छन् ।

प्रस्तावित विधानमा रहेको पदाधिकारीको संख्याका विषयमा देउवा र पौडेल समूहबीच विवाद छ । पौडेल समूह पदाधिकारी बढाउनु पर्छ भन्ने पक्षमा छन् । देउवा समूह पदाधिकारी नबढाउने पक्षमा छ । पदाधिकारी बढाउँदा पौडेल समूहलाई सहयोग मिल्ने देउवा समूहको आशंका छ ।

कांग्रेसको संघीय संरचनासहितको विधान संशोधनको मस्यौदा आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइसकेको छ । त्यसमाथि बिहीबारको बैठकबाट छलफल सुरु हुँदै छ । बैठकअघि दुवै पक्ष आ–आफ्नो रणनीति तय गर्न जुटेका छन् ।

विधानका अधिकांश नयाँ प्रावधानप्रति पौडेल समूहको असहमति छ । महामन्त्री पूर्णबहादुर खडका नेतृत्वको विधान मस्यौदा समितिले बहुमतबाट ल्याएको मस्यौदामा केन्द्रीय कार्यसमिति ८५ सदस्यबाट बढाएर १ सय ३१ सदस्यीय हुने प्रस्ताव गरेको छ । पदाधिकारी संख्या यथावत् राखेको छ ।

सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले पदाधिकारी अनुमोदन गर्ने पुरानै व्यवस्था राखिएको छ । सभापतिलाई २५ प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्न पाउने अधिकार दिइएको छ ।

पौडेल समूहले पदाधिकारी संख्या अहिले भएको ६ बाट बढाएर ११ पुर्‍याउनुपर्ने, सबै पदाधिकारी निर्वाचनबाट आउनुपर्ने र सभापतिलाई १५ प्रतिशत मात्रै केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार हुनुपर्ने विषयमा प्रस्ताव गरेको छ ।

१४औं महाधिवेशनमा देउवाबाट नेतृत्व हत्याउन पौडेल र कृष्णप्रसाद सिटौला समूहलाई एकजुट बनाउने रणनीतिस्वरूप पदाधिकारीको संख्या बढाउनै पर्ने पक्षमा संस्थापन विरोधी समूह सक्रिय छ ।

सभापति देउवाले केन्द्रीय कार्यसमितिमा प्रस्तुत विधान संशोधन मस्यौदाको पक्षमा सामूहिक आवाज प्रस्तुत गर्न बुधबार आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यको भेला बोलाएका छन् ।

Published : Wednesday, 2018 November 28, 7:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया