किन गर्दै छिन् सुजाताले कांग्रेस नेताहरूसँग भेदभावपूर्ण व्यवहार ?

काठमाडौं । पार्टीभित्र आन्तरिक विवाद बढेको गुनासो बढिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरोधी नेताहरूलाई नेतृ सुजाता कोइरालाले आफ्नो निवासमा बोलाएर दिउँसोका खाना खुवाएकी छिन् ।

काठमाडौंको मण्डिखाटारस्थिट निवासमा नेतृ सुजाताले मंगलबार ‘लञ्च मिटिङ’का नाममा गुटको भेला गरेकी हुन् । भेलामा सभापति शेरबहादुर देउवाविरुद्ध नेताहरूले अभिव्यक्ति दिएको स्रोतले जनाएको छ ।

सुजाताको ‘लञ्च मिटिङ’मा कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, अर्जुन नरसिंह केसी, कमला पन्त, बलबहादुर केसी, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइराला भने सुजाताको ‘लञ्च मिटिङ’मा अनुपस्थित थिए । सुजाताले पछिल्लो समय बाक्लै गुटको भेला गर्न थालेपछि कांग्रेसभित्र चिन्ता बढाइदिएको छ ।

नेतृ सुजाताले आफ्नो निवास मण्डिखाटारमा दुई महिना यता गुटको भेला गर्दै आएकी छिन् । उनले आफूलाई नेताका रुपमा स्थपित गर्न गुटको भेला गर्ने गरेको एक नेताले बताए ।

कांग्रेसको विधान मस्यौदाको प्रस्ताव र राजनीतिक प्रतिवेदनबारे छलफल चलिरहेका बेला सभापति देउवाविरुद्ध मण्डिखाटारमा भएको भेलाले कांग्रेसका कार्यकर्ताहरूमा चिसो बढाइदिएको छ ।

स्रोतका अनुसार सुजाता कोइरालाले आफूलाई राजनीति केन्द्रमा राख्न र कोइराला परिवारको विरासत आफूमा रहेको देखाउन नेताहरूलाई बोलाउँदै खाना खुवाउँदै देउवाविरुद्ध भड्काउने कार्य गरेको आरोप लागेको छ ।

Published : Tuesday, 2018 November 27, 4:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया