केपी ओलीको नयाँ अधिनायकवादको शरुवातः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसले पत्रपत्रिकालाई विज्ञापनमार्फत नयाँ अधिनायकवाद स्थापित गर्न खोजेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो फेसबुक पेजमा मंगलबार बिहान स्ट्याटस लेखेर केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ अधिनायकवाद स्थापित गर्न खोजिएको बताएका हुन् ।

‘पत्रिकामा व्यापक विज्ञापनमार्फत नयाँ अधिनायकवाद स्थापित गर्न खोजिएको छ’, वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘नेपाली जनता शिक्षित छन् । त्यसैले जनताको हितमा काम र विकासविना जनतालाई सजिलै फसाउन सकिन्न । हेक्का होस् !’

कम्युनिस्ट सरकारले सामाजिक सुरक्षाका नाममा केपी ओलीको तस्वीर राखेर करोडौँ खर्च गरेर पत्रपत्रिका र विभिन्न सञ्चारमाध्यममा ठूलाठूला विज्ञापन छापेको सन्दर्भमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले विरोध गरेका हुन् ।

ओलीको तस्वीर राखेर राजधानीका विजुलीका खम्बाहरूमा रातारात राखिएका छन् ।

Published : Tuesday, 2018 November 27, 11:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया