ओलीको फोटो तुइनमा पनि झुण्ड्याउन कांग्रेसका युवा नेताको माग

काठमाडौं । ‘एउटा नयाँ युग शुरुवा’ नारासहित कम्युनिस्ट सरकारले सामाजिक सुरक्षा भत्ताका नाममा करोडौँ रुपियाँ समाप्त पारेको रहस्य बाहिर आएको छ ।

सामाजिक सुरक्षाका नाममा प्रधानमन्त्री ओलीको तस्वीर राखेर राजधानीका विजुलीका खम्बा, दैनिक पत्रिकाको अघिल्लो पेजमा ज्याकेट, अनलाइनहरूमा विज्ञापन हालिएको छ । विज्ञापनमा मात्रै कम्युनिस्ट सरकारले करोडौँ रुपियाँ खर्च गरेको छ ।

श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले करोडौँ रुपियाँ विज्ञापनमा खर्च गरेर ओलीको तस्वीरलाई छापेका हुन् ।

नेपाली कांग्रेसका नेता धनराज गुरुङले विकास कसरी गर्नुपर्छ सरकारलाई थाहा छ भनेको प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै व्याङ्ग्य गरेका छन् ।

उनले भनेका छन्, ‘प्रम ओलीज्यू, तपाइँको उक्त भनाइलाई पुष्टि गर्नकै लागि सहरका पोलहरूमा तपाइँको फोटो झुण्याइ सक्नु भएछ । तुइन भएका ठाउँहरूमा पनि दुई छेउमा तपाइँको उक्त फोटो राख्न लगाउनु पर्‍यो । तुइन तर्ने जनताले तुइन तरिसकेपछि हजुरको फोटोमा फूल चढाओस् ।’

प्रहिलो पटक प्रधानमन्त्रीको सपथ लिँदा ओलीले देशभरिबाट तुइन हटाउने निर्णय गरेका थिए । तर, अहिलेसम्म तुइन विस्थापित भैसकेको छैन ।

‘सडकका पोलपोलमा एकजना चिरपरिचित तर अलोकप्रिय मानिसको तस्वीरसँगै विभिन्न पाखण्डपूर्ण नाराहरू लेखिएको पाएँ’, पत्रकार कुशुम भट्टर्राइले फेसबुकमा लेखेका छन्, ‘निर्मला पन्तका माता पिताको हालत एकातिर छ, देशको हालत चौपट छ, तर हाम्रा रुग्ण र रोगी ‘निरो’ चाहिँ नयाँ युगको बाँसुरी बजाउन थालेछन् ।’

‘एउटा मानसिक रोग हुन्छ, स्क्रीजोफेनिया । यो रोग लागेको मानिसले संसारलाई यथार्थभन्दा भिन्न देख्छ । सडकमा खटारा टेम्पो हिँडीरहेको छ भने उसले त्यसलाई बुलेट रेल देख्छ’, उनले भनेका छन्, ‘आजका निरोलाई पनि यही रोग लागेको त हैन भन्ने प्रश्न खडा भएको छ । नयाँ युग, समृद्धि, दुई वर्षमै रेल आउने, हावाबाट विजुली निस्कने, गोबरग्यासको उदघाटन गर्ने र देशैभरि घरघरमा पाइपबाट ग्यास लैजाने कुरा गर्ने । लक्षण त्यति निको देखिदैन ।’

‘विजुलीको पोलमा झुण्डीएको फोटोले त्यसै भन्छ, तर बिजुलीको पोलको दुर्भाग्य के हो भने माथि त बिजुली हुन्छ, तर त्यसको धरातल जुन छ नी, फेद क्या, हो त्यो फेद भनेको चाहिँ कुकुरले बायाँ गोडा उचालेर मुत्ने ठाउँ हो’, पत्रकार भट्टराईले भनेका छन् ।

‘त्यस्तो मुत्ने ठाउँमा फोटो झुण्डयाउनुको साटो जनताको हृदयमा झुण्डयाएको भए कति जाती हुन्थ्यो ? तर जनताको हृदयमा निरोलाई निषेध छ’, उनले भनेका छन्, ‘किनकी रोम जलीरहँदा निरोहरू बाँसुरी बजाइरहेका हुन्छ, चाहे रोमन युगमा होस्, चाहे आजको बाम (न) युगमा होस् ।’

सामाजिक सञ्जालमा विज्ञापनका रुपमा प्रधानमन्त्री ओली र श्रममन्त्री विष्टको कार्यको सबैले विरोध गरेका छन् ।

Published : Tuesday, 2018 November 27, 11:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया