यी कम्युनिस्ट मन्त्रीलाई आफैले जितेको क्षेत्रमा कालो झण्डा

पोखरा । कम्युनिस्ट सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई आफ्नै गृहजिल्ला कास्कीमा कालोझण्डाको सामना गर्नुपरेको छ ।

नयाँ शक्ति पार्टी नेपालको भ्रातृ संगठन नयाँ शक्ति विद्यार्थी युनियनले सोमबार दिउँसो मन्त्री अधिकारीलाई कालोझण्डा देखाएर विरोध जनाएका हुन् । आफैले जितेको निर्वाचन क्षेत्रमा कालोझण्डाको सामना गर्नुपरेपछि मन्त्री अधिकारी तनावमा परेका छन् ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितताको आरोप खेपिरहेका कम्युनिस्ट मन्त्री अधिकारीलाई विद्यार्थीले पोखराको सिर्जनाचोकमा कालो झण्डा देखाएको प्रहरीले जनाएको छ । अधिकारी पार्टी प्यालेसमा आयोजित पूर्वाधार विकास साझेदारी कार्यक्रमको पत्रकार सम्मेलनमा जाने क्रममा कालो झण्डाको सामना गरेका हुन् ।

मन्त्री अधिकारीलाई कालो झण्डा देखाउने आधा दर्जन विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले बताए ।

पक्राउ पर्नेमा युनियनका केन्द्रीय महासचिव नेत्र चापागाइँ, सचिव रेशम सापकोटा, जिल्ला संयोजक विशाल तिमिल्सिना, केन्द्रीय सदस्य नरेन्द्र बस्याल, पृथ्वीनारायण क्याम्पस आधार संगठनका अध्यक्ष कृष्ण अधिकारी र तेजेन्द्र भट्टराई रहेका छन् ।

Published : Monday, 2018 November 26, 7:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया