आफैले जितेको क्षेत्रमा ओलीविरुद्ध पत्रकार सम्मेलन, कम्युनिस्टहरूलाई तनाव

दमक । नेपाली कांग्रेस झापाका नेताहरूले खड्गप्रसाद ओली नेतृत्वको वर्तमान कम्युनिस्ट सरकार अफल भएको बताएका छन् । उनीहरू ओली सरकार झुठ र जनता विरोधी भएको आरोप लगाए ।

प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले झापामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता खगेन्द्र पाण्डव अधिकारीले तत्कालीन् एमालेको ९ महिने सरकारको तुलनामा वर्तमान सरकार पूर्णरुपमा असफल भएको बताएका हुन् ।

ओली नेतृत्वको वर्तमान सरकारको ९ महिनाले जनतामा ठूलो निराशा पैदा भएको उनले आरोप लगाए ।

‘वर्तमान सरकारले खोक्रो सपना बाँड्ने काम गरेको छ’, अधिकारीले भने, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीले अनेकौं सपना बाँड्ने तर, काम एउटा पनि नगर्ने गर्नुभएको छ ।’

‘खड्गप्रसाद ओलीले भनेको ५ हजार भत्ता खोई ?’, प्रश्न गर्दै कांग्रेसका नेता अधिकारीले भने, ‘खोइ सिण्डिकेट अन्त्य भएको ? सुनकाण्ड र निर्मला पन्तका हत्यारा प्रकणमा सरकार किन मौन ?’

कांग्रेसका नेता अधिकारी प्रतिनिधिसभा चुनावमा झापा ५ बाट ओलीसँग प्रतिस्पर्धा गरेका थिए ।

नेपाली कांग्रको तर्फबाट प्रतिनिधिसभाकी सांसद महेन्द्रकुमारी सुब्बाले दुई तिहाइको सरकारले बहुमतको बलमा राम्रोभन्दा पनि नराम्रा कामहरू धेरै गर्न थालेको बताइन् ।

‘कम्युनिस्ट सरकारले आफ्ना नेता–कार्यकर्ताहरूलाई पाल्ने बाहेक जनताको हित हुने कुनै काम गर्न सकेको छैन’, उनले भनिन्, ‘सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ ।’

Published : Monday, 2018 November 26, 6:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया