तपाईहरूको सुझावभन्दा म बाहिर जान्नः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नयाँ विधानको मस्यौदामा सबैको सल्लाहअनुसार आफू अगाडि बढ्न चाहेको बताएका छन् ।

सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै देउवाले पार्टीका साथीहरूको सुझावभन्दा आफू बाहिर नजाने बताएका हुन् । देउवाले नयाँ विधानलाई सबैको चाहना र कांग्रेसलाई नयाँ दिशा निदे गरेर बनाउनुपर्ने बताएका थिए ।

‘तपाईहरूको सल्लाह, सुझाव र धारणअनुसार नै म अगाडि बढ्ने हो’, सभापति देउवाले बैठकमा राखेको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले भने, ‘तपाईहरूको सुझावलाई नाघेर म अगाडि बढ्दैन ।’ देउवाले आपसमा विवाद गर्नुभन्दा मिलेर जाँदा नै कांग्रेसलाई फाइदा हुने बताएका थिए ।

पदाधिकारी थप गर्ने विषयमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद छ । देउवा समूहले पदाधिकारी थप्न नहुने बताउँदै आएको छ । पौडेल समूह पदाधिकारी थप्ने पक्षमा छ ।

विधान मस्यौदा समितिमा सहमति हुन नसकेपछि फरकमत सहित केन्द्रीय समितिको बैठकमा महामन्त्री एवम् समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा बुझाएका थिए ।

Published : Monday, 2018 November 26, 12:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया