राजपाभित्र महन्थ ठाकुरको विद्रोह, सोमबार पावर देखाउने

काठमाडौं । संयोजक पद फुत्किएपछि महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र उथलपुथल मच्चाउन आफू निकटका नेताहरूलाई उचालेर अलग भेला राख्न लगाएको खुलासा भएको छ ।

अध्यक्षमण्डलका छजना सदस्यमध्ये चारजना सदस्यहरू ठाकुरको विपक्षमा छन् । बहुमतको निर्णयउले संयोजक पदबाट हटाएपछि ठाकुर तावनमा परेका छन् ।

तनावमा परेका ठाकुरले आफू निकटका नेता बृषेशचन्द्र लाललाई उचालेर सोमबार गुटको भेला बोलाएका हुन् । आवश्यक प¥यो भने ठाकुरले राजपालाई फुटाएर पुरानै पार्टी ब्युझाउनेसम्मको तयारी गरेको स्रोतले जनाएको छ ।

ठकुर समूहको भेला सोमबार बिहान ११ बजे बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को कार्यालयमा हुनेछ । ठाकुर भेलामा सहभागी हुन्छन् वा हुँदैनन् केही भनिएको छैन ।

ठाकुर समूहका मात्रै नेताहरूलाई भेलामा सहभागी हुन फोन गरेर निम्तो दिइएको स्रोतले जनाएको छ ।

ठाकुरले आफ्ना सम्धी र नातागोतालाई मात्रै अवसर दिन थालेपछि राजपाको अध्यक्षमण्डलभित्र विद्रोह भएको थियो । त्यसपछि ठाकुरलाई संयोजक पदबाट हटाएर राजेन्द्र महतोलाई संयोजक बनाइएको थियो ।

यसैबीच, मुलुकको राजनीतिक र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न राजपा नेपालले सोमबार दिउँसो एक बजे अध्यक्षमण्डलको बैठक पनि बोलाएको छ ।

Published : Sunday, 2018 November 25, 9:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया