पूजा चन्दसँग गोकर्ण विष्टको गोप्य साँठगाँठ, कांग्रेसले खोलिदियो राज

काठमाडौं । श्रम तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले पूजा चन्द नामक महिलालाई फाइदा पुर्‍याउने उदेश्यका कारण मलेसियामा वैदेशिक रोजगारी बन्द गरेको खुलासा भएको छ ।

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले पूजा चन्द नाम गरेकी महिलालाई मलेसियाको रोजगारी एकलौटी रुपमा दिएर फाइदा पु¥याउने चलखेल गरेको बताए । ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा नेता खतिवडाले मन्त्री विष्टले मलेसियामा रोजगारी बन्द गरेर नेपाली युवाहरूप्रति अन्याय गरेको बताए ।

‘हाम्रा श्रममन्त्री गोकर्ण विष्ट पूजा चन्द नाम गरेकी महिलासँग पार्टी गरेर बस्नु हुन्छ । पूजा चन्दलाई मलेसियाको काम दिनका लागि चलखेल गर्नुभएको छ । मसँग प्रमाण छ’, कांग्रेसका नेता खतिवडाले भने, ‘एउटी महिलासँग मन्त्रीको किन यति धेरै साँठगाँठ ?’ पूजा चन्द नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशककी छोरी हुन् ।

मन्त्री विष्टले वैदेशिक रोजगारीमा बद्मासी गर्ने आफ्नो पार्टीका व्यवसायीहरूलाई छुट दिने गरेको खतिवडाले आरोप लगाए । ‘आफ्ना व्यवसायीलाई छाड्ने’, उनले भने, ‘कांग्रेस निकटका व्यवसायीहरूलाई थुन्ने ? यस्तो अन्याय गर्न पाइन्छ ?’

श्रममन्त्री विष्टले मलेसियासँगको श्रम सम्झौता खारेज गरेका कारण एक वर्षदेखि नेपाली कामदारहरू मलेसिया जान पाएका छैनन् ।

Published : Sunday, 2018 November 25, 2:56 pm

3 प्रतिकृया प्राप्त “पूजा चन्दसँग गोकर्ण विष्टको गोप्य साँठगाँठ, कांग्रेसले खोलिदियो राज”

  • चोरलाई उज्यालो मन पर्दैन भन्छन । वैदेशिक रोजगारीमा सिण्डिकेट बनाएर गरेको ठगी विरुद्ध गरेको कार्वाहीले मलेसिया श्रम समझदारी गरेन सहमत भयो । मलेसियाले समग्र सिस्टम बदल्दै छ । नेपालले गरेको प्रयास श्रमिक पठाउने देशका लागि नमूना भनेर प्रशंसा पाएको छ । तर नेपाली श्रमिकलाई ठग्ने दलाल र तिनको खर्चपानी खाएर नूनको सोझो गर्नेहरु फेक न्यूजको सहारा लिदैछन । जनताले सबैलाई चिनिसकेका छन । रामहरि खतिवडाको नियत र नैतिकता नबुझ्ने कोही होलान र ?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया