ओली–प्रचण्ड नेपालका सबैभन्दा धनी नेताः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले नेपालका सबैभन्दा धनी नेता खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको दाबी गरेका छन् ।

‘जनता जान्न चाहन्छन्’ भन्ने टेलिभिजन कार्यक्रममा बोल्दै नेता खतिवडाले ओली र प्रचण्ड सबैभन्दा धनी नेता रहेको बताएका हुन् । ‘यो देशमा सबैभन्दा धनी नेता केपी ओली र प्रचण्ड हुन्’, उनले भने, ‘अख्तियारले भ्रष्ट र धनी नेताहरू सूची तयार पार्दा ओली र प्रचण्ड मिलेर लोकमानसिंह कार्कीलाई हटाए ।’

नेपाली कांग्रेसले भ्रष्टाचारलाई बढावा नदिएको भन्दै खतिवडाले भने, ‘भ्रष्टाचार गर्ने खुमबहादुर खड्का, जेपी गुप्ता, चिरञ्जीवी वाग्लेहरू जेल परेका छन् । तर, एमाले र माओवादीका नेताहरूका थुप्रै भ्रष्ट छन् । खै कसैलाई कारबाही भएन ?’

पूर्वएमालेले आफैले टुँडीखेलबाट एक नम्बर भ्रष्टाचारी घोषणा गरेका वामदेव गौतमलाई उच्चस्थानमा राखेर पार्टी र मन्त्रीको नेतृत्व दिएको खतिवडाले आरोप लगाए ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले वाइड बडी खरिदमा पाँच अर्बभन्दा धेरै रकम भ्रष्टाचार गरेको कांग्रेसका नेता खतिवडाले बताए । लेखा समितिले वाइडबडी खरिद छानविन गरिरहेको भनदै खतिवडाले भ्रष्टाचारीलाई कारबाही गराउन संसद समेत अबरुद्ध हुने बताए ।

Published : Sunday, 2018 November 25, 2:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया