कांग्रेसको बैठकमा असी पेज लामो विधान पेश (विधान)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा असी पेज लामो विधान मस्यौदाको प्रस्ताव पेश भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा विधान मस्यौदा समितिका संयोजक एवम् महामन्त्री पूर्णबहादुर खड्काले ‘नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान’लाई पेश गरेका हुन् ।

(नेपाली कांग्रेसको बिधान मस्याैदा यो लिंकमा क्लीक गर्नुस्)

कांग्रेसलाई नयाँ संविधान र संघीय स्वरुपमा लैजाने बारेमा विधानमा व्यवस्थाहरू राखिएको छ ।

बैठकमा पेश भएको विधानको मस्यौदालाई केन्द्रीय सदस्यहरूले अध्ययनपछि छलफल गरेर अनुमोदन गर्नुपर्नेछ । त्यसपछि कांग्रेसको महासमिति बैठकमा विधानलाई पेस गरिनेछ ।

कांग्रेसले महामन्त्री खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति बनाएको थियो ।

 

Published : Sunday, 2018 November 25, 1:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया