नेविसंघको महाविधेशन दुई महिनाभित्र हुँदैनः डा.शशांक कोइराला

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले दुई महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने संभावना नरहेको बताएका छन् ।

ललितपुरका सानेपास्थित पार्टी मुख्यालयमा पत्रकारहरूसँग आइतबार कुरा गर्दै महामन्त्री डा.कोइरालाले थप गरिएको समयभित्र नेविसंघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिए ।

उनले भने, ‘विद्यार्थीको मागमा ऐक्यबद्धता जनाउँदै थप गरिएको समयभित्र महाधिवेशन हुन सक्दैन ।’

नेविसंघको थप गरिएको कार्यकाल पनि सकिएपछि अघिल्लो केन्द्रीय कार्यसमिति बैठकले वर्तमान पदाधिकारीको समय दुई महिना थप गरेको थियो ।

विधानअनुसार नेविसंघको दुई वर्षमा महाधिवेशन गराउन नसकेपछि वर्तमान पदाधिकारीको समय ३ महिना थप गरिएको थियो ।

Published : Sunday, 2018 November 25, 12:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया