भारतका ठूला निर्माण उपकरणहरू प्रदर्शनी हुँदै

काठमाडौं । भारतीय दूतावास र भारतीय उद्योग महासंघद्वारा निर्माण उपकरणहरूको भक्तपुरमा प्रदर्शनी गर्ने भएका छन् ।

भारतीय दूतावास काठमाडौंले भारतीय उद्योग महासंघसँगको सहकार्यमा मंसिर ६ देखि ८ गतेसम्म भक्तपुरस्थित सल्लाघारीको खुल्ला मैदानमा तीन दिने निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी कोन म्याकको आयोजना गर्न लागेको हो ।

प्रदर्शनीमा जेसीबी, एल एण्ड टी, हुन्डाई, क्याटरपिलर, टाटा हिटाची जस्ता ठूला कम्पनीहरूसहित भारतका एक सय पचासभन्दा बढी कम्पनीले आफ्ना उत्पादन तथा सेवाहरूको प्रदर्शनी गर्ने बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई लाख वर्ग फिटभन्दा बढी क्षेत्रमा हुने यो प्रदर्शनी नेपालको सबैभन्दा ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी हुनेछ ।

४ हजारभन्दा बढी व्यापारीहरूले यो प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा आयोजकहरूले लिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले प्रदर्शनीको उद्घाटन गर्नेछन् । नेपालका लागि भारतीय राजदूत मंजिवसिंह पुरीको पनि विशेष उपस्थिति रहनेछ ।

प्रर्दशनीले नेपाल–भारतबीचको औद्योगिक र व्यापारिक सहकार्यलाई थप प्रगाढ गर्दै दुई देशका उद्योगहरूलाई जोडने लक्ष्य लिइएको छ ।

Published : Wednesday, 2018 November 21, 6:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया