प्रदेश प्रमुखमा रुक्माङ्गत कटुवालको चर्चा, अरु को–को छन् ?

काठमाडौं । सरकारले प्रदेश प्रमुख छिटै तोक्ने तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ ।
सरकारले प्रदेशको अस्थाई राजधानी भने तत्काल नतोक्ने भएको छ । वाणिज्यमन्त्री मीन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेशप्रमुख नियुक्त गर्ने जानकारी दिए ।
प्रदेशप्रमुखको नियुक्ति गरेपनि प्रदेशको अस्थायी राजधानी भने नतोकिने उनले प्रष्ट पारे । प्रदेशको अस्थायी राजधानी तोक्न सर्वदलीय बैठक गरेपनि अरु दलले चासो नदिएर उम्किन खोजेकाले सरकारलेमात्रै ‘अपजस’ नलिने उनको भनाइ छ ।
प्रदेशको अस्थायी मुकाम नतोक्दा प्रदेशसभाको बैठक काठमाण्डुमा बोलाउने तयारी सरकारले गरेको छ । प्रदेशसभाको बैठकले नै मुाकम तोक्नेछ ।
यसैबीच, सात वटा प्रदेश प्रमुख नियुक्त हुनेको नाम टुंगो लागिसकेको नभए पनि त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतको नाम चर्चामा रहेको एक नेताले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत