भारतसँग बिग्रियो महतोको सम्बन्ध, पुगे ‘आईएसआई’को शरणमा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतो पाकिस्तानी जासुसी संस्था ‘आईएसआई’को एजेन्ट निकट पुगेको खुलासा भएको छ ।

भारतसँग सम्बन्ध विग्रिएपछि राजपाका नेता महतो ‘आईएसआई’को शरणमा पुगेको स्रोतले जनाएको छ । पछिल्लो समय भारतसँग महतोको सम्बन्ध विग्रिएको छ । भारतसँग राम्रोसँग सम्बन्ध रहेका कांग्रेस नेता विमलेन्द्र निधि र अमरेशकुमार सिंहविरुद्ध गतिविधि गर्न थालेपछि महतोको भित्री राज खुलेको हो ।

राजपा अध्यक्षमण्डलका अध्यक्ष महतोले पार्टीका प्रवक्ता सन्तोष मेहताको दवावमा चुन्नी खातुन ‘सोनिया’लाई समानुपातिकको सूचीमा राखेका छन् । सन्तोष मेहताले ‘आईएसआई’का लागि काम गर्ने गरेको खुलासा यसअघि नै भइसकेको छ । महतोले भारतको गुप्तचर संस्था ‘रअ’का लागि काम गर्दै आएको मधेस आन्दोलन र नाकाबन्दीका बेला खुलासा भइसकेको थियो ।

भारत र नेपाल सरकारले सन्तोष मेहतालाई हिट लिष्टमा राखेर कडा निगरानी गर्दै आएको छ । सन्तोषका गतिविधि दिन प्रतिदिन संकास्पद हुँदै गएका छन् ।

चुन्नी खातुन ‘सोनिया’ले पनि ‘आईएसआई’का लागि काम गर्दै आएको राजपा नेपालका एक नेताले बताए । उनले भने, ‘सन्तोष मेहताको दवावमा राजेन्द्र महतोले चुन्नी खातुन ‘सोनिया’लाई समानुपातिकको सूचीमा राखेका छन् । मेहतामार्फत ‘आईएसआई’ले पठाएको ठूलो रकम राजेन्द्र महतो समक्ष पुगेको छ । निर्वाचनमा ‘आईएसआई’ पैसा खर्च हुँदैछ ।’

‘आईएसआई’कै डिजनाइनमा राजेन्द्र महतोले कांग्रेसका हस्ती विमलेन्द्र निधिलाई हराउन कम्मर कसेल लागेका छन् । महताले अमरेशकुमार सिंहलाई पनि हराएर ‘आईएसआई’को गुन तिर्ने योजनामा रहेको स्रोतको भनाइ छ ।

Published : Thursday, 2017 November 2, 7:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया