बाम गठबन्धनभित्र खतरनाक मतभेद, लिक भयो गोप्य दस्तावेज (प्रमाणसहित)

कालिकोट । कालिकोट जिल्लामा टिकट जुधेपछि बाम गठबन्धनभित्र चर्को विवाद भएको छ । दुई प्रदेश सिट र एक प्रतिनिधिसभाको सिट गरी तीन सिट भएपनि बाम गठबन्धनको उम्मेदवार छनौटमा विबाद भएको हो ।

एमाले र माओवादी केन्द्रका नेताबीच सहमति नभएपछि गठबन्धनमा विवाद बल्झिएको छ । साविकका १७ गाविसमा पर्ने एक नगरपालिका र ४ वटा गाउँपालिका भएको प्रदेश (ख) मा बाम गठबन्धनबाट अहिलेसम्म कसैको टिकट पनि टुंगिएको छैन ।

प्रदेश (ख) मा एमाले र माओवादी केन्द्रले टिकट जुधाएका छन् । आइतबार एमाले र माओवाादी केन्द्रका जिल्लास्तरका नेताको बैठक जारी छ । स्रोतका अनुसार अब यो विवादले मतदातासम्म असर पर्ने देखिन्छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभा प्रत्यक्षका लागि बिना विभागीय मन्त्री महेन्द्रबहादुर शाही र प्रदेश (ख) का लागि जिल्ला अध्यक्ष दुर्गबहादुर रावत (उज्वल)लाई टिकट सुम्पिएको छ ।

एमाले पार्टीले पनि दुर्गबहादुर रावतलाई टिकट दिएको क्षेत्रबाट एमालेका कुर्मराज शाहीलाई टिकट दिएको छ ।

सञ्चार माध्याममा प्रदेश (ख) बाट नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) को उम्मेदवारी रहने भनिए पनि अहिलेसम्म टुंगो नलागेको जनाइएको छ । दुई पार्टीबीचको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको टिकट फेरबदल हुने खतरा बढेको एक नेताले बताए ।

गएको २०७० को संविधानसभा निर्वाचनमा झिनो मतले पराजय भएको एमालेमा दुई प्रदेश क्षेत्रमा टिकट नपाएपछि निकै समस्या चुलिएको छ ।

Published : Sunday, 2017 October 22, 10:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया