बैंककमा ओली र ‘रअ’बीच वार्ता, नेपाल समूहद्वारा बैठक बहिष्कार

काठमाडौं । भारतको सधै विरोध गरेको भन्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली र उनको समूहको कटु आलोचना गरेका छन् । केही दिन अगाडि पार्टी मुख्यालयमा कार्यबाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको स्थायी समिति बैठकमा नेपाल समूहका अधिकांश नेताहरूले बहिष्कार गरेका थिए ।
बैठकको एजेण्डा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतको विरोध गर्ने भनेर एक दिन अगाडि फोनमा जानकारी गराएपछि वरिष्ठ नेता नेपाल र उनको समूहले विरोध गरेको थियो । नेपाल समूहको विरोधका बावजुद पनि गौतमले स्थायी समिति बैठक अबेर रातिसम्म बसालेका थिए । बैठकबाट कार्यबाहक अध्यक्ष गौतमले प्रधानमन्त्री देउवाले भारतमा दिएको अभिव्यक्ति तथा संयुक्त विज्ञप्तिको विरोध गर्ने निर्णय गराए । त्यति मात्रै होइन उनले भारतको कडा आलोचना समेत गरेका थिए ।
प्रधानमन्त्री देउवा र भारतको विरोध गर्ने एजेण्डासहितको स्थायी समिति बोलाएपछि वरिष्ठ नेता नेपाल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगश भट्टराई, ओली समूहका शंकर पोखरेल, भीम आचार्यसहितका बहुमत स्थायी समिति सदस्यहरूले बैठक बहिष्कार गरेको उच्च स्रोतले जनाएको छ ।
उपचारका नाममा थाइल्याण्डको राजधानी बैंकक गएका अध्यक्ष ओलीले फेरि पनि भारतीय गुप्तचर संस्था ‘रअ’का उच्च अधिकारीहरूसँग गोप्य वार्ता गरेका छन् । सो गोप्य वार्तामा ओलीले फेरि एक पटक आफू भारतको सहयोगमा प्रधानमन्त्री बन्न इच्छुक रहेको बताएको स्रोतले जनाएको छ । जवाफमा ‘रअ’का अधिकारीहरूले चीनसँग नजिक भएको जस्तो देखाएर भारतको विरोध गर्ने परम्परा अन्त्य गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत